प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दै गएको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन्। उनले दिल्लीमा जारी ब्रिक्स प्लस देशहरूको शिखर सम्मेलनबाट पारित १४० बुँदे प्रस्ताव र चिनियाँ राष्ट्रपति तथा भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको उल्लेख गरेका छन्।
भट्टराईले दुई ठूला छिमेकीबीचको सहकार्यलाई अवसरका रूपमा उपयोग गर्दै नेपालले आर्थिक समृद्धि र आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन्। विगतमा भारत–चीनबीचको दूरीमा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्ने प्रवृत्तिबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।
उनले नेपाललाई भारत र चीनबीचको ‘गतिशील सेतु’ बनाउँदै दीर्घकालमा ‘शान्ति राष्ट्र’का रूपमा अघि बढाउन योजनाबद्ध कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।