logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

‘एमालेले अझै सांसद खरिद–बिक्रीको राजनीति छाडेको छैन’ : लिङ्देन

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
‘एमालेले अझै सांसद खरिद–बिक्रीको राजनीति छाडेको छैन’ : लिङ्देन

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति गरिरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले बागमती प्रदेश सरकार गठनका क्रममा एमालेले राप्रपाका सांसद किनेको दाबी गरे। ठूला राजनीतिक परिवर्तनपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुःखद् भएको उनको भनाइ छ।

लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग जाने प्रवृत्ति स्वीकार्य नहुने बताए। उनले सांसद व्यक्तिगत नभई पार्टीको प्रतिनिधि भएको स्पष्ट पारे।