logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

तीजमा पशुपतिनाथको सुरक्षा कडा, १,२५० प्रहरी परिचालन

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | १ घण्टा अघि
तीजमा पशुपतिनाथको सुरक्षा कडा, १,२५० प्रहरी परिचालन

काठमाडौँ / हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै १ हजार २ सय ५० प्रहरी परिचालन गरिएको छ। बिहान ३:१५ बजेदेखि दर्शनार्थीका लागि मन्दिरका चारवटै ढोका खुला गरिएकोमा बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार थप ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा छन्। प्रहरीले सिसिटिभी र ड्रोनमार्फत निगरानी गर्नुका साथै सादा पोसाकका प्रहरीसमेत परिचालन गरेको छ।