प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४८ दशमलव ५७ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६३३ दशमलव ६२ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९ दशमलव १९ अंकले बढेर ४६७ दशमलव ४५ विन्दुमा पुगेको छ।
त्यस्तै, फ्लोट सूचक ३ दशमलव ५६ अंकले बढेर १८१ दशमलव १३ तथा सेन्सेटिभ फ्लोट सूचक ३ दशमलव १३ अंकले बढेर १५७ दशमलव ९१ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँ बराबरमा कारोबार भएको छ।
कारोबारमा सबै उपसमूह सकारात्मक देखिएका छन्। कुल २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र मल्टिप्रपोज फाइनान्सलगायतका लगानीकर्ताले कमाएका छन् भने एभरेस्ट बैंक, केबिएल डिबेञ्चर र बोटलर्स नेपाल बालाजुलगायतका लगानीकर्ताले गुमाएका छन्।