logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ होइन, ‘नियम बनाउने’ भूमिकामा आउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ होइन, ‘नियम बनाउने’ भूमिकामा आउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता जनाउँदै नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा अघि बढ्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्कमा आयोजित ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले विश्वव्यापी शासन प्रणालीको लोकतान्त्रीकरण, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा सुधार र विकासशील मुलुकका लागि न्यायपूर्ण वित्तीय पहुँच आवश्यक रहेको बताए।