logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

एमाले सचिवालय बैठक जारी

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
एमाले सचिवालय बैठक जारी

काठमाडौं / नेकपा (एमाले) को सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो सदस्यको टुंगो लगाउने, विभिन्न विभागलाई पूर्णता दिने तथा भौगोलिक र गैरभौगोलिक कमिटीमा सहइञ्चार्ज तोक्नेलगायतका विषयमा छलफल हुँदैछ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव सचिवालयबाट पारित गरी केन्द्रीय कमिटीमा पेश गरिनेछ।

सचिवालय बैठकपछि दिउँसो १२ः३० बजेबाट केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम रहेको छ।