प्रभातफेरी अनलाइन१६ पटक पढिएको | १ घण्टा अघि
काभ्रे / धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिका–९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतम रहेका छन्।
खोलाले बगाउँदा गम्भीर अवस्थामा फेला परेका गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।