प्रभातफेरी अनलाइन८ पटक पढिएको | ३७ मिनेट अघि
एजेन्सी / परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना–सिल्भिया तोइउबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा नेपाल–रोमानिया सम्बन्ध, पारस्परिक हित तथा समसामयिक विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने तथा आपसी लाभका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने सम्भावनाबारे विचारविमर्श भएको थियो। साथै, जलवायु कार्यलगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।