logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | १ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै

काठमाडौं / सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ।

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले असोज ८ गते महासभालाई सम्बोधन गर्दै नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो। भेटका क्रममा पारस्परिक हित तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ।