प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ आश्विन १८, आईतबार
काभ्रे | हिमालको आकर्षक दृश्यले मनमोहक हुने पर्यटकीय नगरी धुलिखेलमा, सनिश्चवारको आकाशमा बादल मात्र थिएन, नेकपाका कार्यकर्ताको जोश र एकताको संकल्प पनि त्यहाँ भेटिन्थ्यो !
नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोक जिल्ला समिति ले आयोजना गरेको जिल्ला स्तरीय एकता बैठकमा आज काभ्रेका गल्ली-गल्ली, गाउँ-गाउँबाट आएका १५ सय भन्दा बढी कार्यकर्ताको लहर लागेको थियो। रातो झण्डा, नारा र जयकारले धुलिखेलको सभागृह गुन्जिएको त्यो पल काभ्रेलि कम्युनिस्टका लागी स्मरणीय बन्यो ।
“धुलिखेलको माटोले आज इतिहास लेख्यो। ”
नेता प्रचण्डको उपस्थितिले “यो बैठक साधारण होइन, इतिहासमा सुनौला अक्षरले कोरिने दस्तावेजका रूपमा चर्चित बैठक बन्यो “
कार्यक्रमका प्रमुख अतिथि, पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मञ्चमा उभिनासाथ हल गडगडाहक तालीले गुन्जाएमान भएको त्यो क्षण स्मरण योग्य छ कम्युनिस्टमा, जीवन खोजनेहरुका लागी त्यो क्षण स्मरण योग्य हुने नै छ ।
संयोजक प्रचण्डले गम्भीर हुँदै आफ्नो सम्बोधन सुरु गर्दाको भावनात्मक क्षण कार्यकर्ताका लागि कहिल्यै नमेटिने प्रतिविम्बका रूपमा गड्न पुग्यो , ” पार्टीका हरेक कमिटी, हरेक संगठनमा अब युवाको ५० प्रतिशत सहभागिता सुनिश्चित हुन्छ। यो घोषणा मात्र होइन, हाम्रो प्रतिवद्धता हो।” भन्दै सम्बोधन अगाडि बढाउदा कार्यकर्तामा देखिएको उर्जा चर्चा गर्न मनन योग्य थियो ।
संयोजक प्रचण्डले भदौ महिनाको त्यो तातो दिन स्मरण गराउदै भदौ २३ को जेनजी आन्दोलनदेखि भदौ २६ को राजनीतिक तरंगसम्म आफुहरुले “रातभर नसुतेर, आँखा नझिम्काई गरेको छलफल खेर नगएको खुलासा गर्दै आज गणतन्त्र जोगियो, जनताको विश्वास जोगियो” संयोजक प्रचण्डको आवाजमा दृढता र आत्मबिष्वास स्पस्ट देखिन्थ्यो ।
“आज जनताले हेरिरहेका छन्। मधेशदेखि हिमालसम्म, पहाडदेखि तराईसम्म जनताको मनमा कम्युनिष्टप्रति नयाँ आशा पलाएको छ। यो अभियान अब रोकिँदैन” संयोजक प्रचण्डले सम्बोधन कै क्रममा दाबी गर्नु भयो । 
कार्यक्रमका अर्का बाज थिए- कार्यक्रमका विशेष अतिथि, पार्टीका सहसंयोजक माधव कुमार नेपाल *माधव नेपालको गर्जन: थियो “जनता कसैका दास होइनौं”
* सह-संयोजक नेपालको सम्बोधनले राष्ट्रवादको गन्धको झल्को दिदै
पोडिएमबाट शब्दहरुको बर्षा गर्दै , “नेपाली कम्युनिष्ट पार्टी कसैको इशारामा चल्दैन। कसैको दास बन्दैन। हाम्रा पुर्खाले विदेशीको अगाडि टाउको झुकाएनन्। हामी पनि झुकाउँदैनौं।”
उहाँको सबैभन्दा चर्चित लाइन हलमा गुञ्जियो: तरररर ताली !
कार्यक्रममा मन्त्रीदेखि कार्यकर्तासम्मको उपस्थितिले गौरवान्वित बैठकलाई बाग्मती प्रदेश इञ्चार्ज गंगाबहादुर तुलाधरले दिशानिर्देशका बारेमा चोटिलो सन्देश छोड्दा कस्तो मन पग्लेन होला ! । बाग्मती प्रदेश संयोजक तथा आर्थिक मामिला मन्त्री सरल सहयात्रीले प्रदेश सरकारको जनता प्रतिको प्रतिबद्धताले कुन चाहिँ कार्यकर्ता कुशल नेतृत्वप्रती गौरव नगर्ला ! अनि सिन्धुपाल्चोकका जनताप्रती साधुवाद नदेला !
नेकपा काभ्रेपलाञ्चोक जिल्ला इञ्चार्ज टोकबहादुर वाइबा र केन्द्रीय सदस्य सूर्यमान दोङ लगायतले एकताको खाँचो बारे आ-आफ्ना धारणा प्रशंसा योग्य छैनन् भन्ने हिम्मत पनि त जुटेन !
जिल्ला संयोजक भोला अर्याल को सभाध्यक्षता, सहसंयोजक दैवलाल घिसिङ को सञ्चालनमा चलेको कार्यक्रममा गोकुल गौतम को स्वागत मन्तव्यसँगै बैठकले औपचारिकता पाएको थियो। हल भरी जिल्ला, नगर, गाउँ कमिटीका नेता, जनप्रतिनिधि र भ्रातृ संगठनका युवा-युवतीको भीड थियो। कसैको हातमा ब्यानर, कसैको मुखमा नारा।
१५ सय कार्यकर्ता, दुई शीर्ष नेताको सम्बोधन र एकै स्वरको नारा। धुलिखेलको यो बैठकले एउटा सन्देश दिएको छ – “एकता, युवा र जनताको साथमा अबको यात्रा”।
नेकपा काभ्रेको एकता बैठकमा १५सय भन्दा बढी प्रतिनिधिको उल्लासमय सहभागीता।
मञ्चमा थिए – प्रचण्ड र माधव नेपाल।
* प्रचण्ड: “सबै संगठनमा युवाको ५०% सहभागिता। यो हाम्रो प्रतिवद्धता हो।”
* माधव नेपाल: “नेपाली जनता मालिक हुन्। हामी त्यही बनाउँछौं।”
* मन्त्री सरल सहयात्री: “प्रदेश सरकार साथमा छ”
भदौको आन्दोलनदेखि गणतन्त्रको रक्षासम्मको कथा आज धुलिखेलमा दोहोरियो।