प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
विराटनगर / कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य भएको हो।