प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १३, बिहिबार
सिरहा / सिरहाको मार्डरमा प्रहरीले एक राउन्ड हवाई फायर गरी दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
आज बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो।