प्रभातफेरी अनलाइन११ पटक पढिएको | ३६ मिनेट अघि
दाङ / दाङमा पछिल्लो समय रगतको अभाव देखिएको छ। तुलसीपुर, घोराही र लमहीस्थित रक्तसञ्चार केन्द्रमा समेत सहज रूपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले बताएका छन्।
चाडपर्वका समयमा रक्तदाता भेटाउन कठिन हुने र रक्तसङ्कलन घट्ने भएकाले समस्या थपिएको उनको भनाइ छ। सिकलसेल एनेमिया र थैलेसिमियाका बिरामीलाई नियमित रूपमा रगत आवश्यक पर्ने हुँदा दाङमा वार्षिक ५ हजारदेखि ६ हजार युनिटसम्म रगतको माग हुने गरेको छ।
रगतको अभावले बिरामीको उपचार प्रभावित हुन सक्ने भन्दै अधिकारीले विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणलाई सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्न आग्रह गरेका छन्।