logo
२०८३ कार्तिक १३, बिहिबार |
☰
📰
🔍
✕

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय विमल रानाको मृत्यु

प्रभातफेरी अनलाइन५ पटक पढिएको | ३२ मिनेट अघि
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा २८ वर्षीय विमल रानाको मृत्यु

सुर्खेत / सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौरका २८ वर्षीय विमल राना रहेका छन्।

गएराति करिब १२:३० बजे भालुखोलास्थित भित्री सडकखण्डमा भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको ट्याक्टरमा सवार रानालाई अगाडिको भागले च्याप्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका–२, खरिगैराका ४८ वर्षीय चन्द्रप्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।