प्रभातफेरी अनलाइन६ पटक पढिएको | २९ मिनेट अघि
काठमाडौँ / आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच छलफल भएको छ।
छलफलमा जलवायु वित्त, जलवायुजन्य हानि तथा नोक्सानी र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डालाई सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सम्मेलनमा सांसदहरूको सहभागिता व्यवस्थित बनाउने, हानि तथा नोक्सानी कोषबाट प्राप्त सहयोगको प्रभावकारी उपयोग गर्ने तथा कोप–३१ अघि राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गर्ने विषयमा पनि छलफल भएको छ।
सरकारले उक्त अवसरमा नेपालको पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको छ।