प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ कार्तिक १३, बिहिबार
काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण समारोह आयोजना हुनेछ।
सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। कांग्रेसको विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ।