प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक १३, बिहिबार
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
जारी प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो भने जनकपुर यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो।
त्यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुनेछ। विराटनगर पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।