logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्र

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्र

काठमाडौं / नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य मनिष कुमार मिश्रले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले कानुनी बाटो हुँदाहुँदै बल प्रयोग, धरपकड, गाडी तर्साउने तथा धाकधम्की दिने गतिविधिले नागरिकको आवाज दबाउन नसक्ने चेतावनी दिएका छन्।

उनले बारम्बार भइरहेका गैरकानुनी धरपकड र धम्कीपूर्ण गतिविधिप्रति आपत्ति जनाउँदै यस्ता कार्यबाट केही समयका लागि खुसी मनाउन सकिए पनि अन्ततः त्यसको परिणाम राम्रो नहुने टिप्पणी गरेका छन्।

‘प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो’ भन्दै मिश्रले कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

उनले गैरकानुनी धरपकड तत्काल बन्द गर्न माग गर्दै प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।