logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

ज्यालाचिटीले गर्यो साधारण सभा

प्रभातफेरी अनलाइन२ पटक पढिएको | ४५ मिनेट अघि
ज्यालाचिटीले गर्यो साधारण सभा

काभ्रेपलाञ्चोक/ पनौती ४ स्थित ज्यालाचिटी सामुदायिक वनले दशौं साधारण सभा आज १४ गते शनिबार सम्पन्न गरेको छ। वन उपभोक्ता समूहका अध्यक्ष समुद्र थापाको अध्यक्षतामा र पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा वडा नम्बर ४ को सभा हलमा सम्पन्न गरेको छ।

सामुदायिक वन उपभोक्ता महासङ्घ का केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेको विशेष आतिथ्यता तथा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, छिमेकी वन उपभोक्ता समूहका अध्यक्षज्यूहरू, स्थानीय संघ संस्थाका प्रतिनिधिज्यूहरू, सामुदायिक वन उपभोक्ता महासङ्घ पनौती नगरका सदस्यहरू, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो। वन उपभोक्ता समूहका पूर्व कोषाध्यक्ष पूर्णकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समूहका उपाध्यक्ष सोबिना चौलागाईंले स्वागत गर्नुभएको थियो। समूहका सचिव गंगा श्रेष्ठले प्रशासनिक प्रतिवेदन पेश गर्नुभयो भने समूहका कोषाध्यक्ष नरेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

सामुदायिक वन उपभोक्ता महासङ्घ पनौती नगरका सदस्य श्यामहरी महाजु, पनौती नपा वडा नम्बर ४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, सामुदायिक वन उपभोक्ता महासङ्घ का केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने लगायतले वन व्यवस्थापन, त्यसको सम्बर्धन र उपभोग गर्ने तौर तरिका, नीति, विधि, र परिमार्जित कानुनको बारेमा व्याख्या गरेका थिए । सोही कार्यक्रममा पूर्व वन हेरालु चन्द्रबहादुर श्रेष्ठलाई नगदसहित प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले ज्यालाचिटी वनको सुरुवातदेखि नै निगरानी गर्दै रहेको र त्यसमा परेको समस्याहरू ,त्यसले गरेका सुधारहरू तथा अब गर्नुपर्ने नयाँ कार्यनीति ,कार्य योजना तथा सम्भावित कार्यक्रमहरूपछि सजग गराउनु र नगरपालिकाद्वारा सहयोग गर्ने वचनबद्धता समेत गर्नुभएको थियो। अन्तमा कार्यक्रमका सभापति तथा ज्यालाचिटी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समुद्र थापाले वनको यथार्थ स्थिति, तत्काल सम्पन्न गरेका कार्यहरू र आगामी भावी योजनाहरूलाई प्रष्ट पार्दै सभा विसर्जन गर्नुभएको थियो।