logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

आज बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका गाडीमा आठवटा पोकामा राखिएको गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा सप्तरीका रामसागर कुमार यादव, राजेन्द्रप्रसाद मण्डल, राजकुमार शाह, भारत बिहारका सन्तोष ठाकुर र धरानका अमृत बिशुङ्खे रहेका छन्।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा उनीहरूले गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको हो।