logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

मिठाई पसलमा खाद्य स्वच्छता अनुगमन, विवरण नराख्ने व्यवसायीलाई अन्तिम चेतावनी

प्रभातफेरी अनलाइन२ पटक पढिएको | ३४ मिनेट अघि
मिठाई पसलमा खाद्य स्वच्छता अनुगमन, विवरण नराख्ने व्यवसायीलाई अन्तिम चेतावनी

काभ्रेपलाञ्चोक/ जिल्लाको धुलिखेल र बनेपा नगरपालिकाका भित्रका मिठाई पसलमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलले गरेको अनुगमनका क्रममा अधिकांश मिठाई व्यवसायीले आफ्ना उत्पादनको विवरण ग्राहकले देख्ने गरी राखेको नपाइए पछी अनुगमन टोलिले ब्याबसायिहरुलाई चेतावनी दिदैं मिठाई पसलमा खाद्य स्वच्छता अनुगमन, विवरण प्रष्ट ग्राहकले देख्ने र बुझ्ने गरि राख्न निर्देशन दिएको हो ।

मिठाई तयार गरी बिक्री वितरण गर्ने व्यवसायीलाई आफूले उत्पादन गरेको मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न मिल्ने अन्तिम मिति तथा मूल्य स्पष्ट रूपमा उल्लेख गरी मिठाईको सोकेस वा काउन्टरमा ग्राहकले देख्ने गरी राख्न यसअघि पनि निर्देशन दिइसकेको थियो । सोही निर्देशन कार्यान्वयन भए–नभएको बुझ्न गरिएको अनुगमनका क्रममा केहि व्यवसायीले विवरण राखेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलका प्रमुख मनिषा चापागाईंले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार निर्देशन पालना नगरेका व्यवसायीलाई अन्तिम पटक विवरण अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ। साथै, सूचनाको पालना नगरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिनेबारे समेत जानकारी गराइएको संवादका क्रममा जानकारी दिनुभएको छ।

प्रमुख चापागाईंले पछिल्लो तीन महिनादेखि जिल्लाका विभिन्न क्षेत्रमा बजार अनुगमन भइरहेको जानकारी दिँदै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने बताउनु भएको छ । मिठाईमा प्रयोग हुने कच्चा पदार्थ, तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउनु खाद्य स्वच्छता कायम राख्नुका साथै उपभोक्ताको अधिकार संरक्षणका दृष्टिले पनि महत्वपूर्ण मानिने उहाँकाे भनाइ छ। अब पनि ब्याबसायिले निर्देशनको पालना नगरेको भेटिएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१बमोजिम हदैसम्मको कार्वाही हुने बताउनुभएको छ ।