logo
२०८३ मंसिर ११, शुक्रबार |
☰
📰
🔍
✕

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको भेटवार्ता

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बीच शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका विषयमा जानकारी गराउनुभएको थियो। साथै, उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक तथा अन्य महत्वपूर्ण विषयमा समेत छलफल भएको जनाइएको छ।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो।