Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रमा चोरीको विगविगी, चोरहरुले खसि बोका पनि छाडेनन्

प्रभातफेरी अनलाइन ५३६६ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १४, आईतबार (८ साल अघि)
Post Thumbnail

धुलिखेल-पछिल्लो समयमा काभे्मा चोरीको बिग बिगि बढेको छ , राजमार्गको छेउछाउमा रहेको घर तथा पसलमा मानिस ओल्टा कोल्टा लागेको मौका छोप्दै दिउंसै पनि चोरी हुन थालेको छ ।

घरमा रहेको मानिस कता जान्छन भनि चीयो बुझ्ने र सोही मौका मिलाएर घरमा भएको सवै सामान चोरी गर्ने कार्यले स्थानियहरु असुरक्षीत हुन थालेका छन् । चोरी गर्ने कार्य दिनपर दिन बढ्दै जाँदा चोरी गर्नेलाई पक्रिएर कारवाहिको दायरामा ल्याउन नसक्दा समस्या आएको हो ।

पाँचखाल नपा तिनपिप्ले नजिक अरनिको राजमार्गको छेवैमा रहेको एक घरमा दिउंसो कोहि नभएको मौका छोपि छोराको विवाहको लागि तयार गरेको सुन नगद र केहि भाँडा कुडा समेत चोरी भएको छ । त्यस्तै गरी पसलमा मानिस यता उता कतै गएको मौका छोप्दै पसलको कन्तुरमा रहेको नगद कुम्ल्याउने कार्य पनि पछिल्लो समय बढ्दो छ । बजारमा रहेको पसल र घरहरुमा सिम साँझैबाट ढोका ढक्ढक्याएर चियो बुझ्ने कार्य व्यापक भएको जानकारी प्राप्त भएको छ ।

जिल्लाको व्यापारीक केन्द्र बनेपा, धुलिखेल, पाँचखाल जस्ता स्थानहरुमा चोरी बढ्दै गर्दा पनि प्रहरीले खासै सकृयता देखाउन सकेको छैन । विगत केहि बर्ष अगाडि व्यापक मात्रामा चोरीको घटनाहरु हुन थालेपछि प्रहरीको सक्रियतामा चोरी नियन्त्रण गर्न सफल भएको थियो । तर पछिल्लो समयमा प्रहरीले ग्रस्तिमा खासै ध्यान नदिदा समस्या आएको स्थानियहरुको भनाई रहेको छ । चोरीको घटनाहरु जति भएपनि चोर पक्रन नसक्दा घरपालुवा चौपायहरु समेत चोरी गर्न थालेकाछन् । धुलिखेल नगरपालिका १२ शंखुका घरमा बाँधेर राखेको खसि चोरी भएको छ, तर सो चोरी गर्ने चोर भने प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

शंखुका सूर्यमणि दाहालको घरवाट खसि हराएपछि प्रहरी चौकी पनौतिमा उजुरी गरेका थिए । चौकीका इन्चार्ज विष्णु दुलालको सकृयतामा हराएको खसि फेला परेको छ । उजुरी आउना साथ गोप्य ढंगबाट पनौतीका सबै मासु पसलमा सुराकि खटाएका निगरानी बढाएका थिए । हराएको खसि फेला परेपछि प्रहरीले शंखुबाट खसी चोरको आशंकामा सुदिप श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

सूर्यमणि दाहालको खसी उनकै छिमेकी सुदिपले चोरेर पनौती १० पस्थलीका श्याम श्रेष्ठलाई ९ हजारमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बनेपाले खसी चोरीको अभियोगमा धुलिखेल १२ का सुुदिप श्रेष्ठलाई सोमबार मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको छ । अरनिको राजमार्ग खण्डको धुलिखेलदेखि हनुमान गडि सम्म र जिरो किलो देखी ५४ किलो सम्म सडकमा सवार गर्ने मोटरसाईकल चालकहरुलाई लुट्ने उद्देस्यले लखेटेको जनगुनासो समेत आउने गरेको छ ।

  • काभे्रमा चोरीको विगविगी चोरहरुले खसि बोका पनि छाडेनन्
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0