Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मण्डनदेउपुर नगरकोे सार्वजनिक सुनुवाइ सम्पन्न आफुले भनेकैै हुनुपर्छ भन्ने सोचको अन्त्यगर्नु पर्छ -गोकुल

प्रभातफेरी अनलाइन ६७०५ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १६, मंगलबार (८ साल अघि)
मण्डनदेउपुर नगरकोे सार्वजनिक सुनुवाइ सम्पन्न आफुले भनेकैै हुनुपर्छ भन्ने सोचको अन्त्यगर्नु पर्छ -गोकुल

मण्डन-मण्डनदेउपुर नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरले हाल सम्म गरेको कार्यको बिषयमा आम सरोकारवालाहरुलाई जानकारी गराउने उद्देस्यले गरेको उक्त कार्यक्रममा जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सांसदहरुलाई सम्मान समेत गरेको थियो । नगरपालिका प्रमुख टोकबहादुर वाईवाले सांसदहरुलाई माला, खादा र सम्मानपत्रद्वारा सम्मान गर्दै बधाई र शुभकामना दिदै निर्वाचित सांसदहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

 


कार्यक्रमा सम्मानीत प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले नगरपालिकालाई आत्मनिर्भर बनाउन तत्काल नसकिने भएकाले आत्मनिर्भर नहुँदासम्म प्रदेश र केन्द्रसरकारको तर्फबाट अनुदान आउने बताउनु भयो । नगरले बिस्तारै आत्मनिर्भर हुंदै नगरवासिको हितको लागि कार्य गर्नु पर्ने बताउनु भएको थियो । नगरपालिकाले गर्ने कामहरुमा स्वच्छ , जनमुखि हुनुपर्ने धारणा राख्दै आफुले भनेको मात्रै हुनु पर्छ भन्ने सोचको अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज), प्रदेश सभाका सांसदहरु रत्न ढकाल, बसुन्धरा हुमागाई, चन्द्र लामा र लक्ष्मण लम्साल समेतले काभ्रेली र काभे्रकोे विकासका लागि स्थानीय सरकारहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताउनु भएको थियो । नगर प्रमुख टोकबहादुर वाईवाले नगरपालिकाले माघ १७, १८, १९ र २० गते हिँउदे नगरसभाको अयोजना २१ वटा कानुन निर्माण गरी नगरवासिहरुको गुनासालाई सम्बोधन गर्ने बताउनु भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख निर्मला शाह, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सेवाग्राहीहरुको गुनासो तथा भइरहेका कामको बारेमा जानकारी गराएको थियो । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भई कार्य शुरु गरेको आधा वर्ष वितिसक्दा समेत नागरिकहरुले घर दैलोमै सेवा प्राप्त गर्न नसकिरहेको गुनासो गरिरहेका बेला मण्डन देउपुर नगरपालिकाले अर्ध बार्षिक कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

नगरबासिहरु केशवप्रसाद सापकोटाले भुकम्प पीडितहरु लाभग्राही सूचीमा नपरेको, परेका भुकम्प पीडितहरुको समेत अनुदान प्राप्त नभएको, किस्ता समयमै प्राप्त नभएको गुनासो गरेका थिए । नगरपालिका भित्रको सामुदायिक भवनहरु, सामाजिक सम्पदाहरु, सार्वजनिक जग्गाहरुको संरक्षण गर्नु पर्ने छुटेका भुकम्प पीडितहरुलाई तत्काल लाभग्राही सूचीमा समावेश गरी अनुदान उपलब्ध गराउन नगरपालिकाले पहल गर्नु पर्ने नगरबासिहरुले बताएका थिए । त्यस्तै योगनाथ डोटेलले विद्युत्त प्राधिकरणले लगेको हाईड्रेसनको लाईन तलका जग्गावालाहरुलाई मुआब्जा दिन पहल गर्नु पर्ने बताएका थिए । नगर भित्रका बैकल्पिक सडकको मापदण्ड, सडक गुरुयोजना निर्माण, योजनाहरुको अनुगमन र सम्झौता जस्ता विषयमा नगरबासिहरुले गुनासो राखेका थिए । नगरबासि विष्ष्णुप्रसाद पौड्यालले हुनेखानेहरुले भुकम्प पीडितको सूचीमा नाम राखी अनुदान लिएको र घर नै नभएकाहरुको छुटेको बताएका थिए । केहिले रकम फिर्ता गरे पनि कर्मचारीहरुले भुकम्प पीडितका नाममा आएको रकम कहाँ गयो बताउन नसकेको पौड्यालले बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भिमकान्त शर्माले ६ महिनामा नगरपालिकाले गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो । ६ महिनामा नगरपालिकाले ७ करोड ८९ लाख ४ जार खर्च गरिसकेको जानकारी गराउंदै नगरको प्रोफाईल बनाउने, हरेक वडामा इन्टरनेट सेवा उपलब्ध गराउने, फर्निचरहरु उपलब्ध गराई कर्मचारीहरुको ब्यवस्थापन गर्ने, नागरिक वडापत्र राख्ने जस्ता योजनाहरु रहेको बताउनु भएको थियो । नगरपालिको २९ वटा योजना सम्पन्न गरिसकेको, ३३ वटा योजना सम्झौता भएको र अरु प्रकृयामा रहेको उहाँको धारणा थियो ।

  • मण्डनदेउपुर नगरकोे सार्वजनिक सुनुवाइ सम्पन्न आफुले भनेकैै हुनुपर्छ भन्ने सोचको अन्त्यगर्नु पर्छ -गोकुल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0