logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

समस्या साझा हुन,सहमति मै समाधान खोज्नु पर्छ-बास्कोटा

प्रभातफेरी अनलाइन४९७२ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन १२, शुक्रबार(७ साल अघि)
Post Thumbnail

ज्याम्दी/ नेपाल सरकारका एंब प्रवक्ता सुचना संचार प्रविधि मन्त्री  गोकुल बास्कोटाले बिहीवार मन्डनदेउपुर नगर पालिकाको वडा नं.१२ ज्याम्दिमा निर्मित सुबिधा सप्पन्न स्वास्थ भवनको हस्तान्तरण कार्यक्रमलाई  सम्बोधन गर्ने क्रममा  उक्त  भनाइ राखेका हुन्न,२०७२को बिनाशकारी  भुकम्पले क्षतबिक्षत पारेको अवस्थामा कोरियाका हालका रास्ट्रपतिले सिन्धुपाल्चोक  र रसुवाका क्षतिग्रस्त बिद्यालयहरुको पुनः निर्माण उहाँकै हातले इटा ओसारेर भवन बनेको स्मरण गर्नु हुँदै बिपद के हो द्वन्द के हो कोरियाले राम्रोसँग बुझेको  छ  ।

त्यसैले त चर्याएका घाउमा मलहम पट्टी लगाउदै  आएको छ  । बिपद्ले निम्त्याएका समस्या राजनैतिक  हुन सक्दिनन,त्यसैले त्यसको समाधान  सामुहिकरुपमा समाधान गर्नुको बिकल्प नरहेको कथन थियो मन्त्री  बास्कोटाको ।सम्बोधन कै क्रममा  बिपत्तिमा नेपाल  र नेपाली  प्रती  देखाएको सदभाव र सहयोग को उच्च  सम्मान का साथ कोरिया  सरकारप्रती नेपालसरकारको तर्फबाट धन्यवाद  समेत मन्त्री  बस्कोटाले व्यक्त  गर्नु भयो ।

उक्त  समारोहमा सहयोग दाताको तर्फबाट कोरियालि रेडक्रस  प्रतीनिधि सनिह किमले सानो /सानो सहयोगबाट आज यहाँ  आइपुगेका छौ । जुन सहयोग  गर्ने अबसर प्राप्त  भयो त्यसकालागी नेपाल सरकार र नेपाल रेडक्रस प्रती आभारी  छौ बन्नु हुँदै आगामी यात्रामा  पनि यस्तै किसिमको  सहयोगको अपेक्षा  गर्दै प्रत्येक कोरियाली  यो सहयोगमा लगानी रहेको स्मरण समेत किमले गराउनु भयो । उक्त  भवन निमार्णका लागि कोरियाली रेडक्रसले आर्थिक सहयोग  र नेरेसो नेपालले समन्वय  गरेको  थियो ।आवास ग्रहसहितको  सुविधा  सम्पन्न  भवनको निर्माण लागत ८३ लाख भएको नेरेसो काभ्रे  शाखाले जनाएको छ ।