Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???

प्रभातफेरी अनलाइन ५२८६ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???

निरन्जन ढुंगाना

जुनसुकै प्राणि जगतमा उत्पन्न हुन्छ, जन्मन्छ र मर्छ यो ध्रुवसत्य कुरा हो । प्राणिहरु मध्ये हामी मानव जाती चेतनशिल प्राणिका रुपमा स्थापित गर्दै आईरहेका छौं र हामी मानव भएकोमा गर्व पनि गर्दछौं । के हामी मानव भन्न लाएक छौं त ? आफुले आफैलाई मुल्यांकन गर्न म, तपाई हामी सम्पुर्णलाई आग्रह गर्दछु । समाजमा मानवजातीहरुको बिभिन्न रुपहरु हुनेगरेको पाईन्छ । जसमध्य यहां म मानवका ५ रुपहरु (नरपिसाच, नरपशु, अर्थमानव,मानव र महांमानव) बारे केही भन्ने जमर्को गर्दछु । तपाईहामी मानवको कुन बर्गमा पर्नेहो भन्ने कुरा तपाईहाम्रो व्यवहारले चित्रण गर्दछ । तपाई हाम्रो समाजप्रतिको व्यवहारको आधारमा तपाई हाम्रो उचित नामाङ्कन समाजले गर्दछ ।

हाम्रोनाम सर्वप्रथम ब्राम्हणद्वारा जन्मको साईतहेरी ज्योतिष शास्त्रानुसार राखिने गरीन्छ । त्यस अनुरुप हाम्रोराषि स्वभाव अनुसार भाग्य केकस्तो रह्योभनि जन्मकुण्डली तयार गरिन्छ । त्यसै जन्म कुण्डलीको आधारमा ज्योतिषसात्र अनुसार नामको जानकारी प्राप्त गरी ज्योतिषसास्त्र प्रति विस्वस पनि गर्दछौं र हाम्रो पहिलोनामा नामाकरण हुनेछ । त्यसैगरी हाम्रो दोस्रोनाम अभिभावक द्वारा राखिन्छ अभिभावकले आफ्नो सन्तानको नाम जगतमा प्रतिष्ठित व्यक्ति, देविदेवता र पराक्रमी व्यक्तिको जस्तै नाम राख्न पाएमा त्यसै अनुरुपको व्यवहार गर्छकि भनि नाम राख्ने गर्दछन् । यस्तो नामसंग मानवको स्वभावमा कुनै फरक परेको पाईदैन, केवल अभिभावकको क्षेणिक नामप्रतिको आस्ता हुनेगरेको पाईन्छ । जसअनुसार अभिभावकको नामलाई समाजले संसोधन गरी अर्कोनामा परिवर्तन गर्नेछन् । जुन नाम मृत्यु पर्यन्त पनि जिवन्त रहने गर्दछ ।

जव तपाई हामी बामेसर्दै दिनप्रतिदिन नयाँ व्यवहार गर्दै जान्छौं, समाजसंग दिनानुदिन परिचित हुन थाल्दछौं र तपाई हाम्रो जिवनकालको व्यवहारको आधारमा तपाई हाम्रो स्थाई र अमर नाम समाजले राख्ने गर्दछ , अभिभावकको नाममा सर्वनाम जोडी अमरनाम रहने गर्दछ । तपाईमाही यस संसारमा जन्म लिई मानवभनी गर्व गर्दछौं, हामी मानव भन्न लाएक व्यवहार गरिरहेका छौं कि छैनौ तपाई हामीहरुलाई आग्रह गर्न चाहन्छु ।

जव हामी मानवहरुको भावनामा सकारात्मक सोच नभइ नकारात्मक सोचको भकारी भरिएको हुन्छ र आफुलाई राम्रो छु , भन्ने ठानी व्यवहार देखाउन थाल्दछौं, समाजमा कहिल्यै अरु सुखशान्तिसंग रहेको देख्न सक्दैनौ र कसरी अरुलाई दुःखदिउं भनि योजना बनाई रहेका हुन्छौं । अरु दुःखमा छटपटाई रहेको अवस्थामा घाउमा चुनचुक लगाउंदै पिडामा रमाउंने गछौं, अरु दुःखमा चिच्याई रहेको वखतमा तालि पिटिपिटि हाँस्न सक्छौं, समाजमा विकृति फैलाउन योजना बनाई त्यस अनुरुप व्यवहार गरीरहेका हुन्छौं, उक्त योजनाले सधैका लागि समाजमा दिर्घकालिन असर पु¥याउने गर्दछ । आफु छाक टार्न पाएको मा गर्व गछौं भने हामीलाई समाजले नरपिसाच भनि सर्वनाम राखी मृत्यु पश्चात पुकार्ने छन् ।

यदि तपाई हामी आफ्नो र आफ्नो घरपरिवार, आफन्तहरुको मात्र सुख सयल मोज मज्जा र ऐस आराममा रहेको चाहने र अरुको व्यवास्ता गछौं साथै आफुले मात्र सुख पाएकोमा खुसिहुन्छौं । कुनै सकारात्मक परिवर्तन गरी दुःखमा परेको बर्गलाई सुखमा ल्याउनुपर्छ भन्ने भावना पैदा नभई आफुले खानको लागि स्वर्थ राख्ने आफुले खानपाएपछि अरुको मतलवनै नगर्ने भएमा तपाईहाम्रो पशुवत व्यवहार देखिन्छ र हामीलाई समाजले नरपशु भनि नामाकरण गर्नेछ ।

समाजले समाजमा केही सकारात्मक परिवर्तन गर्नका लागि कुनै कार्य गरिरहेको हुन्छ । समाज परिवर्तनमा तल्लिन रहन्छ, तर तपाईहामी त्यस कार्यको व्यवास्ता गरी के कसरी अर्थआर्जन गर्ने र आफु धनि बन्ने योजना बनाई त्यस अनुरुपको कार्य गरी समाजलाई त्यस तर्फ साथ दिन मन लाग्दैन र अर्थ आर्जन नै सवथोक हो भन्ने भावना पैदा हुन्छ भने हामीलाई समाजले अर्थमानव भनि नाम राख्नेछ साथै मृत्यु पर्यन्त धिकार्ने छन् ।

तपाई हामी अरुपप्रति समान भावना राखि आफुलाई लेखाजोखा गर्छौ । म भएको भए यसो गर्थे, भनि अर्काको स्थानमा आफु र आफ्नो स्थानमा अर्कोलाई राखी तराजुमा जोख्छौं, हामीलाई आफु पट्टि बढी र अर्को पट्टि कम भईदिए हुनथ्यो भन्ने भावना पैदा नभई समान भावना पैदा भएमा अरुको खुसिमा रम्न र दुःखमा साथदिने, वेसाहरालाई साहारा दिने देखियो भने हामी मानव भन्ने नाम स्थापित गर्ने छौं, साथै यस बर्गका व्यक्तिहरुले घरपरिवार र समाजमा अग्रणि भूमिका स्थापित गर्ने छ ।

तपाई हामी जव सम्पुर्ण घरपरिवार आफन्तहरुको स्वार्थबाट अलगरही सवैको भलो सम्झी समाजलाईनै सत्मार्गमा हिडाउन आफुलाई विलिन गराई समाजसेवामा सकारात्मक परिवर्तन ल्याउन आफ्नो व्यक्तिगत खुसिको व्यवास्ता गरी सेवामा तल्लीन रहन्छौं, त्यस व्यवहार द्वारा आफ्ना घरपरिवार आफन्तको खुसिनपाउदा समेत सत्मार्गको बाटो ठानी तल्लीन हुने, अर्थमानव, मानव, नरपशु, नरपिसाच बर्गका व्यक्तिलाइ समेत अङ्कमाल गरी अगाडी बढ्न सक्ने शक्ति रह्यो भने हामीलाई समाजले महांमानव भनि नामाकारण गर्नेछन् ।

प्रस्तुत लेख मेरो आत्माज्ञानले विचार गरी गतबर्ष सर्वज्ञान दर्पण नामक पुस्तिकामा प्रकाशित भएको लेख हो । सो लेख प्रति लक्षीत गर्दै मलाई २०७६ साल बैशाख १ गते रुद्रवहादुर वानिया (प्रति श्रद्दाञ्जली दिईरहंदा) सरले बाल्यकालमा कखरा सिकाउंदाझैं मेरा कन्सिरिका रौं तान्नुभयो । मेरा गुरु बानियाप्रति श्रद्दासुमन अर्पण गर्दै तपाईले सिकाएको कखरालाई वाक्यमा परिवर्तन गर्ने छु, भन्ने अठोटका साथ शोकलाई शक्तिमा बदल्न बिवस भए ।

मेरो आफ्नो स्वमुल्यांङ्कन, उहांले मलाई सिकाएको कखरा, गुरुले पहिल्याएको मार्ग साथै व्यवहारले गर्दा महांमानवको रुप धारण गर्दै गर्दाको अवस्थामा हामीलाई अधुरै छाड्दै मानवसागरको कांधको माध्यमबाट भौतिक शरिरलाई अन्तय गर्दै उहांको सोच साथै व्यवहारलाई अमरत्व प्रदानगर्दै हाम्रो साथबाट भौतिक शरिर अन्त्य गर्नका लागि सवै बर्गका मानवहरुको उपस्थिति द्वारा उहाँको सोच साथै व्यवहारले अमरत्व प्रदान गर्दै गर्दा हाम्रो साथबाट भौतिक शरिर टाडिन पुग्यो । मेरा महांमानब गुरुप्रति आज तेह्रौं तिथिको दिन हार्दीक श्रद्दाञ्जली व्यक्त गर्दछु । क्रमस….

  • किन तान्नु भयो रुद्रसर मेरो कन्सिरिका रौं ???
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0