प्रभातफेरी अनलाइन६९२१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन २५, शनिबार(६ साल अघि)
आर.एल.श्रेष्ठ
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङ का लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् ।
उनको सवारी कार्गेटमा नेपाली सेना र काठमाडौंस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा मुटु रोग विषशेज्ञ डा. शिवजी विक्रम सिलवाल खटिएका छन् ।