Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सत्यतथ्य सार्वजनिक गर

प्रभातफेरी अनलाइन ६८२५ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
सत्यतथ्य सार्वजनिक गर

नेपाललाई विश्वमै एकपटक चर्चाको शिखरमा पु¥याउन सफल भइन् सावित्री तिमल्सिना चालिसे । उहाँको मृत्यु कोभिड–१९ कोरोना भाइरसका कारण भएको तथ्य सरोकारवाला निकायले पुष्टि गरेपछि यो चर्चा शिखर पुगेको हो । लकडाउनको ५५औं दिनसम्म नेपाली भाग्यमानी सावित भई विश्वका सामु नेपालले छुट्टै पहिचान बनाएको चर्चा गरिरहँदा एकाएक स्तब्ध हुन पुग्यो । एउटा नाबालक शिशुले त्यतिबेला मातृत्व मात्र गुमाएन ५०औं दिनसम्म अडिक एउटा खम्बा ढल्न पुग्यो । जसका कारण सारा नेपालीको गौरवमाथि प्रश्न चिन्ह खडा गरिदियो ।

यस्तै अनुत्तरित प्रश्नहरुका बिचमा राज्यले उहाँको कर्मथलो र जन्मथलो सिल गर्न पुग्यो । त्यति मात्र नभई उहाँको उपचारार्थ खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई समेत बन्दी बनायो । एकाएक यो घटनाले मुलुक नै स्तब्ध हुँदै गर्दा सावित्रीको अन्त्येष्टि गर्ने सारथी समेत भएनन् । उनै सुरक्षाकर्मीले कर्मकाण्ड पूरा गरे । मृत्युपश्चात् अन्तिम पटक अनुहार हेर्ने सयौंको धोको अधुरै रह्यो । यस किसिमको दुःखद घटनाले सारा मानवलाई नै स्तब्ध तुल्याउनु स्वभाविक थियो ।

तर जसरी घटना सार्वजनिक भयो, अतिरञ्जित भयो सावित्रीको मृत्युसँग जोडिएर सयौं गम्भीर प्रश्नहरु उब्जिन पुगे, त्यसले नेपालको स्वास्थ्य प्रयोगशाला र त्यहाँ खट्ने प्राविधिकहरुको बारेमा पनि प्रशस्तै प्रश्नहरु उब्जिएका छन् । किनकी त्यही कोखमा जन्म लिएको शिशुलाई कोरोना सम्बन्धी कुनै समस्या वा लक्षण नदेखिनु, पालनपोषणमा अहोरात्र खटिएका आफन्तमा कुनै लक्षण नदेखिनु र सावित्रीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा पनि कुनै समस्या नभेटिनुले पनि यी सवाल उठ्नु स्वभाविक हो । त्यसैले यस घटनासँग जोडिएको सत्य के हो ? कतै युद्धमा खटिएको सिपाहीको मेसिनगनबाट निस्किएको बुलेटको निशाना हो कोरोना भाइरस ? जसले निशानामै प्रहार गर्छ र त्यसैको सिकार हुन् सावित्री ?

यस घटनाले अनगिन्ती प्रश्नहरुको बिचमा नेपालको स्वास्थ्य प्रयोगशालामा खटिएका प्राविधिक देखि समग्र स्वास्थ्यकर्मीप्रति प्रश्न चिन्ह खडा गर्नु नौलो होइन । यदि यो सत्य हो, होइन भन्ने सवालमा कोरोना नामक भाइरसका बारेमा अनुसन्धानमा खटिएका अनुसन्धानकर्ताप्रति जवाफदेहिता प्रष्ट देखिन्छ । कि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा त्रुटि छ, कि व्यक्तिपिच्छे फरक–फरक रुपमा कोरोना भाइरसले आफ्नो रुप प्रस्तुत हुने तथ्य सार्वजनिक गर्न जरुरी छ ।

यिनै तिक्तताबाट प्रयोगशालामा हुने परीक्षणका बारेमा प्रश्न चिन्ह खडा हुनु नौलो रहेन तर यसबाट कुनै व्यक्ति विशेषमा पर्न जाने मान मर्दन र प्रतिष्ठाप्रतिको आँचका बारेमा सिर्जना हुने चिन्ताले मृत्युको मुखसम्म धकेल्न सक्छ । त्यसको जिम्मेवार सम्बन्धित पक्षले लिनु पर्छ कि पदैन ? हिजोसम्म त कोरोना सबैका लागि हाउबुजी बनेर आएको थियो तर आज सावित्रीको मृत्युवरणले एउटा जटिल प्रश्न खडा गरिदिएको छ । त्यसैले कसैको जीवनमाथि पनि खेडवाड गर्नु अन्याय हुनेछ । तसर्थ, सत्यतथ्य प्रमाणित भएपछि मात्रै घटनालाई सार्वजनिक गर्नुपर्ने ठहरमा हामी पुगेका छौं । कति स्वास्थ्यसँग सरोकार राख्ने विज्ञहरुको भनाई छ, निमोनिया र कोभिड–१९ का बिच भाइरसको संक्रमित लक्षण उस्तै उस्तै हुनसक्ने भएकोले पनि प्राविधिक त्रुटि हुन गएको हुनसक्छ ।

त्यसका बारेमा छिनोफानो गर्ने दायित्व तिनै प्राविधिक र डाक्टरहरुको हो । यसका बारेमा हामीले त अड्कल मात्रै गरेका हौं, सावित्रीको निधन निमोनिया बिग्रिएर भएको पनि हुन सक्छ । त्यसैले यस्ता किसिमका निर्णयहरु हचुवा किसिमबाट प्रवाह गर्दा गम्भीर आघात पर्न सक्छ । हाम्रो संस्कार छ, हचुवा प्रवृत्तिबाट निर्णय दिने । यसले सर्वसाधारणलाई निराशा सिर्जना गर्न मदत पुग्छ । नेपाली उक्ती नै छ, मानिसलाई चिन्ताले चितामा पु¥याउँछ । कतै सावित्री माथि पनि यहि उक्ती चरितार्थ नहोला भन्न सकिँदैन । त्यसैले यस्ता खालका निर्णय लिनु अगावै गम्भीर अनुसन्धान गरेर निष्पक्ष ढंगबाट सार्वजनिक हुन जरुरी छ । त्यसैले सावित्रीको मृत्युलाई न्यायसंगत ढंगबाट अध्ययन गरी सत्यतथ्य सार्वजनिक गरियो भने मात्रै मृतआत्माले शान्ति प्राप्त गर्नेछ भन्ने विश्वास हाम्रो छ ।

  • सत्यतथ्य सार्वजनिक गर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0