बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ अधिकृत, सेवाग्राही प्रमुख राजाराम कार्कीमाथि आइतबार बनेपामा सांघातिक आक्रमण भएको छ ।
सञ्चारकर्मी कार्कीलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउको हार्डवेयर पसलमा घरायसी सामान खरिद गरिरहेको अवस्थामा आकस्मिक रुपमा पछाडिबाट आक्रमण गरेको प्रतिदर्शीले बताएका छन् ।
प्रतिदर्शीका अनुसार चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा आकस्मिक पछाडीबाट लछारपछार गर्दै हेलमेटले टाउकोमा प्रहार गरी गम्भिर घाईते हुन पुगेका पत्रकार कार्कीको धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उक्त घटनालाई लिएर नेपाल पत्रकार महासंघ काभ्रे शाखाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुअनुसार कार्कीको टाउकोको सिटिस्क्यान सहित उपचार गरिएको थियो । पत्रकार कार्की माथी आक्रमण गर्ने उद्धवलाई कानुनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, काभ्रे शाखा र नेपाल प्रेस युनियन काभ्रे तथा नेपाल ट्रेड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका थिए ।
तत्कालै घटनामा संलग्न उद्धव कार्कीलाई हिरासतमा लिई म्याद थप गरी आवश्यकीय अनुसन्धान भइरहेको प्रहरी कार्यालयले बताएको छ । कार्की नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका छन् । उक्त घटना अत्यन्त निन्दनीय भएका भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |