Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अबैध नदीजन्य पदार्थ उत्खनन्

प्रभातफेरी अनलाइन ५११३ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (५ साल अघि)
Post Thumbnail

उर्मिला यादव
नवलपरासी/जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ६ वटा टयाक्टरलाई नियन्त्रणमा लिनुका साथै १ लाख २८ हजार मुल्य बराबरको अबैध मालसमान बरामद गरिएको थियो ।
गत मंगलबार सुस्ता गाउँपालिका वडा नम्बर तीनमा रहेको बिज्ञाप स्थित नारायणी नदीबाट अबैध रुपमा बालुवा उत्खनन गरी लोड गर्दै गरेको अबस्थामा लु ३ त ४६०८, लु ४ त ३१२९, लु ४ त ३१५७, लु २ त ३२०९, लु ४ त २०२६ नम्बरको ५ वटा टयाक्टर र सोहि स्थानबाट अबैध रुपमा गिट्टी लोड गर्दै गरेको लु ४ त १२६३ नम्बर टयाक्टर समेत गरी ६ वटा टयाक्टरलाइ इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका ६ वटा टयाक्टरलाई आबश्यक कारवाहीका लागि गत मंगलबार नै सुस्ता गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै गरी सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी भुजहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको ५८ हजार मुल्य बराबरको २५ बोरामा सात सय पच्चिस किलो हरीयो मटर सरावल गाउपालिका वडा नम्बर सात भटौलियाबाट बरामद गरेको थियो । प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको ४ बोरामा दुई सय किलो हरीयो केराउ प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियाबाट बरामद गरेको जनाएको छ ।
सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ३४ हजार २ सय मुल्य बराबरको चुकुल, कब्जा, पाइप लगायत बिभिन्न हार्डवयरका सामान सरावल गाउपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको बताएको छ ।
त्यस्तै भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ४ सय मुल्य बराबरको लेडिज कुर्ता, सुरुवाल, ब्लाउजको थान कपडा प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लोहरौलीबाट बरामद गरेको प्रहरीले जनाएको थियो । भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको २ बोरामा एक सय किलो चिनी इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट बरामद गरेको थियो । उक्त मालसमानहरु मोटरसाइकलमा राखि ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेको प्रहरीले बताएको थियो ।
बरामद भएका सबै मालसमान आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0