Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मधुमेह रोगलाई कसरी नियन्त्रणमा राख्ने

प्रभातफेरी अनलाइन ६६४३ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
मधुमेह रोगलाई कसरी नियन्त्रणमा राख्ने

आर.एल.श्रेष्ठ


चिनी वा सुगर रोग भनेर चिनिने मधुमेह रोग विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ ।

मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठनले जनाएको छ । यो रोगबारे जनचेतना जगाउन सन् १९९१ देखि नोभेम्बर १४ तारिखमा मधुमेह दिवस मनाउन थालिएको थियो । तर, संयुक्त राष्ट्र संघको अगुवाईमा सन् २००७ देखि आधिकारिक रुपमा यो दिवस मनाउन सुरु भएको हो ।
रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखा पर्नुलाई मधुमेह भनिन्छ । मानिसको आफनै खानपान र रहनसहनको कारण यो रोग देखा पर्छ । यो सरुवा रोग होइन । कतिपय मधुमेह वंशानुगत पनि हुन्छ । मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई उपचार गराउनुपर्छ । मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्छ ।
मधुमेह हुने प्रारम्भिक कारणको आधारमा सामान्यतया यो दुई प्रकारको मानिन्छ । अन्य प्रकारमा गर्भावस्थामा हुने मधुमेह र अत्यन्त कम मात्र देखा पर्ने देखिने मधुमेह पर्छन् । शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कम हुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बाँच्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जीवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखा पर्न सक्ने भए पनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा सुरु हुने र दुब्ला मानिसमा बढी देखिने गर्छ ।
शरीरमा आवश्यक इन्सुलिन उत्पादन नहुँदा तथा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोस्रो किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिन पनि जरुरी पर्न सक्छ । यस्तो मधुमेह सामान्यतया ४० वर्षको उमेरपछि प्रायः मोटाघाटा व्यक्तिहरुमा देखापर्छ ।
मधुमेहका लक्षण ः मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु , पटकपटक पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु । राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, भोक धेरै लाग्नु, घाउ खटिरा आइरहनु र समयमा निको नहुनु ,यौन दुर्बलता, शरीर र खासगरी गुप्ताङ्ग चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झमझमाउनु र जिउ गलेको महसुस हुनु ।
यी लक्षणहरु देखापरेमा बेलैमा जाँच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्छ । रगतमा चिनी धेरै बढी वा धेरै कम हुँदा पनि मानिस बेहोश हुन सक्छ । बेलैमा नियन्त्रणमा राख्न नसकेमा मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु आँखा, मुटु, मृगौला, मस्तिष्कका साथै रगत तथा स्नायुका नसाहरुमा नराम्रो असर पु¥याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेहको जाँच र उपचार बेलैमा गर्नु आवश्यक हुन्छ ।
मधुमेहबार बच्ने उपायहरु
शारीरिक रुपमा सक्रिय रहने । जस्तैः हरेक दिन कम्तीमा ४५ मिनेट जति हल्का पसिना आउने गरी हिँड्ने वा योगा गर्ने । कुनै न कुनै रुपमा शारीरिक श्रममा सक्रिय भए पनि हुन्छ । उँचाइ अनुसार तौल कायम राख्न ध्यान दिने, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने, चुरोट, बिडी, तमाखु, खैनी, जर्दा आदि सूर्तीजन्य पदार्थहरुको सेवन नगर्ने,४० वर्ष नाघेका मानिसले नियमित स्वास्थ्य परीक्षण गर्ने, बच्चालाई दुई वर्षको उमेरसम्म आमाको स्तनपान गराउने ।
मधुमेहको किसिम, बिरामीको अवस्था तथा दैनिक कामको प्रकृति आदिलाई ध्यानमा राखी यसको उपचार गरिने भएकाले बिरामीहरुले विज्ञ चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । मधुमेहका बिरामीले बढी फाइबर पाइने गहुँ, मकै, कोदो, फापर आदिबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । भात खानै नहुने त होइन, तर गहुँ, कोदो, मकै आदिबाट निर्मित खानेकुरा खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि घट्न सक्छ ।
मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्छ । हरेक दिन कम्तीमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिना आउने गरी हिँड्ने, खेतबारीमा काम गर्ने, साइकल चलाउने, पौडी खेल्ने जस्ता खेलकुद गतिविधिमा सहभागी हुने क्रियाकलाप नियमित रुपमा गरेमा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना नियन्त्रण गर्न मद्दत पुग्छ ।

 

  • मधुमेह रोगलाई कसरी नियन्त्रणमा राख्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

    स्वास्थ्यका लागि खेल नारामा मात्र सीमित नहोस् ः नेता हुमागाईं

  • १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

    १० बर्षे जनयुद्धको दौरानमा जनता माझ कबुल गरेका बाचा सार्थक भएका छन् : नेता थिंङ्ग

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0