Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओलीका अर्दलीसँग डराउनु पर्नेछैन ः नेता ताम्राकार

प्रभातफेरी अनलाइन ५८२५ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २८, बुधबार (५ साल अघि)
ओलीका अर्दलीसँग डराउनु पर्नेछैन ः नेता ताम्राकार

पनौती । अखिल नेपाल महिला संघ पनौती नगर कमिटीले आयोजना गरेको नगरस्तरीय महिला भेलालाई शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्य तुयुकाजी ताम्राकारले दृढतापूर्वक बस्ती–बस्ती पुगेर संगठन सुदृढिकरणसँगै असंवैधानिक कदमका बारेमा नागरिकहरुलाई सुसूचित गर्न महिलाहरुलाई निर्देशन दिनुभएको छ ।

ओलीको असंवैधानिक कदमका मतियार अर्दलीहरुसँग दृढतापूर्वक प्रतिवाद गर्दै अगाडि बढ्न महिला नेतृहरुलाई नेता ताम्राकारले आग्रह समेत गर्नुभएको छ । हामीलाई (नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव) जनताका माझ जान कुनै संकोच छैन । संकोच त ति अर्दलीहरुलाई हुनुपर्छ, जसले भ्रमको खेती गरिरहेका छन् । विधि, पद्धति मिचेर असंवैधानिक कदमको वकालत गरिरहेका छन्, जनमतलाई लत्याउने काम गरेका छन् । तिनलाई पो लाज लाग्नुपर्छ । बिडम्बना ! निसंकोच ओलीका अर्दलीहरु बस्ती–बस्ती पुगेर भ्रम छरिरहेका छन् । त्यो भ्रम चिर्ने दायित्व तपाईं महिला नेतृहरुको भएको बताउनुभएको छ । झुटको खेती धेरै दिन नटिक्ने पनि नेता ताम्राकारले सम्बोधनका क्रममा बताउनुभएको छ ।

अहिले मुलुक संकटमा छ । यो संकटबाट पार लगाउने जिम्मेवारी नेपाली महिलाहरुको काँधमा आएको छ । इतिहासमा जसरी दमनका विरुद्ध योगमायाले गरेको त्याग छ । त्यसैगरी आजका नारीहरुले त्यसबाट पाठ सिकेर यो असंवैधानिक कदमका विरुद्ध जाइलाग्नुपर्ने अवस्था आएको स्मरण गराउनुभएको छ । जालझेलका नायक नालायक ओलीलाई इतिहासबाटै पाखा यदि कसैले लगाउँछ भने त्यो नेपाली महिलाहरुको आन्दोलनले लगाउने विश्वास व्यक्त गर्दै भेलाद्वारा नेतृत्व सम्हाल्न पुग्नुभएका अनेम संघ पनौती नगर कमिटीलाई बधाई एवं शुभकामना समेत दिन पछि पर्नुभएन नेता ताम्राकार ।

शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे जिल्ला कमिटी सदस्य मनिता थिङ– नेपाली महिलाहरुले जनयुद्धमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नुहुँदै आफू विधि, पद्धति र न्यायको पक्षमा रहेकोले पार्टीले उठाएका मुद्दाहरु लिएर बस्ती–बस्ती जान कुनै समस्या पर्ने छैन । हामी महिलाले अहिले जुन अधिकार उपयोग गरिरहेका छौं, त्यसको संरक्षण गर्नु हामी महिलाहरुको दायित्व र जिम्मेवारी पनि हो । ओलीको निरंकुशता ढिलो, चाँडो ढल्नेछ । नेपाली जनताले ढाल्ने छन् । ओलीका यन्त्र मानवसँग हामी डराउनुपर्ने छैन, हामीलाई नेपाली जनताले साथ दिएका छन् । प्रत्येक बस्ती–बस्तीबाट प्रतिवादमा उठौं । छरिएका भ्रम चिर्दै न्यायको पक्षमा ऐक्यबद्धता जाहेर गर्न नेपाली जनतालाई सचेत बनाऔं । हामी महिलाहरुको दैनिकी बिहानदेखि साँझसम्मको क्रियाकलापमा यो विषयलाई प्राथमिकता ढाल्न सक्यौं भने हाम्रो आन्दोलन सफल हुने धारण नेता थिङले राख्नुभएको थियो ।

अहिले संसद विघटन मात्रै भएको होइन, संविधानमाथि नै प्रहार भएको छ । धावा बोल्ने काम भएको छ । हजारौंको बलिदानबाट प्राप्त सीमित अधिकार खोसिने संकेत देखापरेको छ । त्यसैले हामी प्रत्येक बस्तीबाट उठ्नुछ । अहिले पार्टीले उठाएका मुद्दा कुनै व्यक्ति विशेषका छैनन् र होइनन् पनि । नितान्त नेपाली जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयलाई उठाएको छ । असंवैधानिक कदम भनेकै यि मुद्दाहरु हुन् । तसर्थ पनि हामी सचेत वर्गले यि मुद्दाका बारेमा बस्ती–बस्ती पुगेर न्यायप्रेमी जनताहरुलाई बुझाउनुको विकल्प छैन । आज प्रत्येक नेपालीको आत्म रोएको छ । ति रोएका आत्महरुमा सहानुभूति प्रदान गर्नुपर्ने दायित्व तपाईं हामीमाथि छ । यो जिम्मेवारी तपाईं हामीले लिनुपर्छ । यो जिम्मेवारी पूरा गर्नसके मात्र शहिदको सपना पूरा हुनेछ भन्नुहुँदै नेता थिङको थप कथन थियो– अब नेपाली महिलालाई कमजोर नसोच्न पनि सम्बोधनको क्रममा शासकहरुलाई चेतावनी दिँदै भेलाबाट जिम्मेवारी बहन पुग्नुभएको नेतृत्वलाई सशक्त रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा काभ्रे जिल्ला कमिटी सदस्य मिरा पौडेल– नेपाली क्रान्तिमा महिलाहरुको योगदान अतुलनीय रहेको चर्चा गर्नुहुँदै ०६२÷०६३ को जनआन्दोलन होस् वा जनयुद्ध नै अन्तिम आन्दोलनको रुपमा रहने अपेक्षा नेपाली जगतले गरेको थियो तर होइन रहेछ । कम्युनिष्ट आवरणभित्र पनि तानाशाहहरु हुँदा रहेछन् भन्ने पाठ ओली सत्ताले देखाएको हुँदा त्यस किसिमका प्रवृतिका विरुद्ध फेरि पनि गाउँबस्तीबाट उठ्नुको विकल्प नभएको कार्यक्रममा स्मरण गराउनुभएको थियो । हिजो विद्रोहमा जसरी नेपाली महिलाहरुले साहसिकपूर्ण उपस्थिति देखाएर खबरदारी गरे अब फेरि एकपटक नेपाली महिलाहरुले ति आवाजहरुलाई बुलन्द गराउनुको विकल्प छैन । मुलुकलाई यो गम्भीर संकटतर्फ धकेल्ने ओली सरकारका विरुद्ध संघर्षको आँधीबेरी सिर्जना गर्नुछ । त्यो दायित्व हामी महिलाले बहन गर्नुपर्नेछ । यो जिम्मेवारीलाई एकपटक फेरि इतिहासमा सुनौला अक्षरले लेख्नेसम्मको अवसर जुटाउनुछ । नेपाली जनमतमाथि भएको निर्मम प्रहारलाई विफल बनाउनका लागि आधा धर्ती भनेर सम्बोधन हुने हामी महिला एकपटक उठौं र जुटौं । त्यसको जवाफदेही नेपाली महिला नेतृहरुले बहन गर्नेछन् । त्यसका लागि आफूले कुनै कसुर बाँकी नराखी आमा, दिदीबहिनीहरुको माझ हिजो पनि थिएँ र आज पनि समर्पित भएरै यो असंवैधानिक कदमका विरुद्ध लागिरहने प्रतिबद्धता समेत नेतृ पौडेलले व्यक्त गर्नुभएको थियो ।

जुन किसिमको अवस्था आइपरेको छ, त्यसबाट पार लगाउनका लागि हामी महिलाले चुलो चौकोबाट उठ्ने प्रण गर्नुपर्नेछ । त्यतिबेला झेल्नुपर्ने चुनौतीलाई सामना गर्नसक्ने साहस पनि हुनुपर्छ । त्यो साहस यो नेतृत्वले निर्भिक भएर बहन गर्नेछ र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैन भन्नुहुँदै भेलाद्वारा चयन भएको नेतृत्वलाई सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन समेत निर्देशन दिनुभएको थियो ।

उक्त भेलामा शुभकामना मन्तव्य राख्दै काभ्रे जिल्ला पार्टी कमिटी सदस्य होमबहादुर खुलालको तर्क थियो– संकटको यो घडीमा महिला नेतृहरुले देखाउनुभएको उत्साहपूर्ण सहभागिताप्रति सिंगो पार्टीपंक्ति आभार व्यक्त गर्दछ । आज पार्टीलाई नभएर सिंगो मुलुकलाई तपाईंहरुको खाँचो भएको छ । यो खाँचो यहाँहरुले पूरा गरिदिनुहुनेछ र फेरि एकपटक नेपाली भूमिमा नेपाली महिलाहरुको महान्ता नेपाली जनताले मनन् गर्न पाउनेछन् । पौराणिक इतिहास कोट्याउने हो भने पनि जब संकटको अवस्था आउँथ्यो, त्यतिबेला नारीहरु विभिन्न दैवीक आवरणमा दुष्टहरुलाई नाश गर्नका लागि समर्पित भएको इतिहास पढ्दै आएका छौं । हो, आज ओलीको अहम्ताले निम्त्याएको संकटको अन्त तपाईं महिला नेतृहरुले बहन गर्नुहुनेछ । त्यसका विरुद्ध सशक्त रुपमा आफूलाई आन्दोलनको अग्रमोर्चामा उभ्याउनु हुनेछ भन्ने अपेक्षा राखेका छौं ।

सत्ताको उन्मादले सिर्जना भएको यो संकटको घडीलाई अत्यन्तै गम्भीर रुपमा अध्ययन गर्न सकिएन भने हजारौंको बलिदानबाट प्राप्त सीमित अधिकारहरु समेत खोसिने अवस्थामा पुगेको छ । सत्य बोल्नेहरुको आवाजविहिन हुँदै जाने अवस्था आएको छ । त्यसैले हामी सबै एउटै घेराभित्र संगठित हुनुको विकल्प छैन । बन्द कोठाभित्रको निर्णयले आज मुलुक संकटग्रस्त हुँदैछ । त्यसैले त्यो बन्द कोठाभित्रको निर्णय हामी मान्दैनौं । त्यसैलाई चिर्नु हाम्रो दायित्व हो । यो असंवैधानिक कदमका विरुद्ध हाम्रो लडाईं निरन्तर चलिरहनेछ । जनमतको दुरुपयोग भएको छ, जनमतलाई लत्याउने काम भएको छ, यो घडीमा हामीले तिरेको करको दुरुपयोग भएको छ । यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न हातेमालो गर्दै जानुको विकल्प छैन भन्नुहुँदै नेता खुलाल थप्नुहुन्छ– कानूनमै नभएको विधि प्रयोग गरेर सर्वसत्तावाद लाद्न खोजिएको छ । त्यसका विरुद्ध सिंगो मुलुकलाई आन्दोलनमय बनाउने दायित्व तपाईं महिला नेतृहरुकै हो । त्यसैले यो अभिभारा यहाँहरुले पूरा गर्नुहुनेछ भन्ने विश्वास पार्टी कमिटी र आफूले राखेको जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व जिल्ला सदस्य एवं स्पष्ट वक्ता कमला अधिकारी– जब जब मुलुकमा संकटमा आउँछ, तब तब नेपाली नारीको आवश्यकता नेपाली भूमिले महसुस गर्छ । आज ओली सत्ताले जुन गतिविधि निम्त्याएको छ, त्यसका विरुद्ध सशक्त ढंगबाट प्रतिवाद गर्नुको विकल्प छैन । त्यसैले आन्दोलनको आवश्यकता महसुस भएको छ ।

हजारौंको बलिदानबाट प्राप्त सीमित अधिकारहरु खोसिने अवस्थामा पुगेका छन् । त्यसको संरक्षण गर्नु प्रत्येक नागरिकको दायित्व हो । जुन आन्दोलनबिना सम्भव छैन । आन्दोलनले अग्रगामी छलाङ्ग पार गर्न सक्यो भने मात्रै असंवैधानिक कदमलाई फिर्ता गराउन सकिन्छ भन्ने संकेत मिलेको छ । किनकी अदालतबाट फिर्ता हुन्छ भन्ने सम्भावना दिन प्रतिदिन खस्किँदै गएको छ । त्यसैले नेपाली योद्धाहरुको बलिदानबाट प्राप्त हक, अधिकार मर्न दिने छैनौं । हिजो नेतृत्वलाई जुन जिम्मेवारी दिएका थियौं, त्यो जिम्मेवारी एउटा भ¥याङ्गको रुपमा प्रयोग हुने पुग्यो र सर्वसत्तावाद हाबी भयो । त्यसैले पनि त्यसका विरुद्ध आन्दोलनका ज्वारभाटा सिर्जना गर्नु नेपाली महिलाहरुको दायित्व भएको नेता अधिकारीको कथन थियो ।

जुन बलिदानबाट संविधान बनेको छ, त्यसको संरक्षण गर्नु हामी महिलाको कर्तव्य भएको छ । यदि हामीले संरक्षण गर्न सकेनौं भने सबैभन्दा ठूलो क्षति हामी महिलालाई नै पर्नेछ । कल्पना गर्नुस्, हिजो हामी महिलाको हैसियत कहाँ थियो ? अनि आज कहाँ छौं ? यो सबै ति हजारौं योद्धाहरुको बलिदानको उपज होइन ! हो, यसको संरक्षण गर्नु हाम्रो दायित्व होइन ? जसरी संविधान बनेको थियो, त्यसैगरी हामीले खबरदारी गरेनौं भने हामीलाई प्राप्त सीमित अधिकारहरु पनि गुम्ने अवस्थामा आज मुलुक पुगेको छ । तिनै दस्तावेज च्यात्ने काम ओलीले गर्दै आएका छन् । संविधानमै नभएको विधि प्रयोग गर्नु भनेको संविधान च्यात्नु होइन ? ओलीको सर्वसत्तावादले संविधान च्यातेको छ भन्दा फरक पर्दैन । संविधानका कुनै धारामै उल्लेख नभएको विधिमा टेकेर आफूखुशी संसद विघटन गरेर नेपाली जनतालाई गरेको विश्वासघातको हिसाबकिताब हामी नेपाली महिलाले ओलीसँग गर्नुछ । तसर्थ हामी महिलाले अनगिन्ती अव्यवहारिक गतिविधिका विरुद्ध दह्रो रुपमा आफूलाई आन्दोलनको मोर्चा उभ्याउनुको विकल्प नभएको नेता अधिकारीको टिप्पणी थियो ।

उक्त भेलामा शुभकामना व्यक्त गर्नेहरुमा नेतृ जमुना सापकोटा, शुभद्रा दाहाल, सुशिला सुवाल, देवलक्ष्मी स्याउला लगायतले नेपालको आन्दोलमा महिलाहरुले निभाएको भूमिकाका बारेमा चर्चा गर्दै यो संकटको निकास नेपाली वीरंगङ्णाहरुले नै दिनेछन् भन्ने तर्क राख्नुभएको थियो । भेलाले एक सय एक अनेम संघ नगर अधिवेशन आयोजक कमिटी बनाएको छ भने ३१ सदस्य सचिवालय र ६ सदस्यीय कार्यदल चयन गरेको छ । आयोजक कमिटीको अध्यक्ष सुशिला सुवाल चयन हुनुभएको छ भने कार्यदलको संयोजकमा कमला अधिकारी चयन हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0