logo
२०८३ अषाढ ११, बिहिबार |
📰
🔍

अति आवश्यक सामाग्री उप- शाखा र आइसोलेशनमा

प्रभातफेरी अनलाइन४६०९ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २६, बुधबार(५ साल अघि)
अति आवश्यक सामाग्री उप- शाखा र आइसोलेशनमा

सम्झना दोङ्ग तामाङ

काभ्रे (बनेपा) नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले कोभिड नियन्त्रणमा सघाउ पुर्याउने आफ्नो योजना अनुरुप आफ्ना सबै उपशाखाहरु , बनेपा ,पनौती ,पाँचखाल, मन्डन देउपुर,धुलिखेल ,नमोबुद्ध नगरपालिका, रोशी गाउँ पालिका र बेथानचोक गाउँपालिकाहरुले सन्चालन गरेको क्वारेन्टाइनका लागि प्रत्येकको लागि ५०० थान सर्जिकल मास्क, ६ थान सुपानेट झुल र ३ थान पिपिइ, नेरेसो काभ्रे अन्तरगत सन्चालित RETSS परियोजनाबाट स्वास्थ्य सस्थाहरु लाई स्ट्रेचर लगायतका स्वास्थ्य सामग्रीहरु सम्वन्धित पालिका मार्फत हस्तान्तरण गरियो ।

सबै उपशखाहरुलाइ ६०० थान सर्जिकल मास्क, १५ थान N 95 मास्क, ५०० एम एलको एक बोतल सेनिटाइजर ,९ थान फेस शील, केही साबुन र १ थान २० लि बाल्टिन बितरण गर्ने निर्णय अनुरुप उल्लेखित सामग्रीहरु वितरण गरिएको छ । दुई टोलि बनाइ जिल्ला शाखाले आफ्ना पदाधिकारी र कर्मचारी खटाएको थियो भने नेरेसो केन्द्रिय सदस्य कुमार थापा समेत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । पालिकाको कार्यक्रममा नगर प्रमुख,उपप्रमुख,स्वास्थ शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो भने उपशाखा स्तरको कार्यक्रममा उपशाखा सभापति तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको रेडक्रस काभ्रे जिल्ला शाखाका उपसचिव प्रदीप सापकोटाले जानकारि दिएका छन ।