Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एमसिसी राष्ट्रघाती हो, समर्थकहरु राष्ट्रद्रोही हुन्

प्रभातफेरी अनलाइन ४१९२ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
एमसिसी राष्ट्रघाती हो, समर्थकहरु राष्ट्रद्रोही हुन्

यतिबेला मिलिएनम च्यालेन्ज कोर्परेशनका बिषयलाई लिएर कम्युनिष्ट सत्ता धरासायी हुन पुगेको छ । जसबाट नेपाली इतिहासमा कम्युनिष्ट सत्ता सदाको लागि विलय बनाउने खेलमा कार्यकारिणी लागिपरेको पाइन्छ ।
नेपाल अमेरिका बिच भएको सम्झौता सार्वभौममिकता माथिको प्रहार ठहरिएकोले यसलाई समयमा नै खारेज गर्न वान्छनिय हुन्छ भनी देशभक्तहरुको एउटै आवाज छ । एमसिसी राष्ट्रघाती हो भने यसका समर्थकहरु राष्ट्र द्रोही हुन्, उहाँहरुको निचोड छ ।
तर्क कुतर्क बितर्क दिएर यसको बहस गर्नु नै प्रत्युत्पादक हुन्छ ! नेपाललाई नव उपनिवेश बनाउने नयाँ अमेरिकी प्रस्ताव हो एमसिसी । यसलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने सत्ताधारी नेपालका कम्युनिष्टहरुको नियत एकदमै खराब देखिन्छ । नेपाल र नेपालीका लागि अमेरिकी एमसिसी नीति र नियत कोरोना भाइरसको महामारी भन्दा पनि बढी खतरनाक छ । कोरोना भाइरसको संक्रमण मानिसको स्वास्थ्य माथिको आक्रमण हो भने अमेरिकी एमसिसी नेपालको स्वतन्त्र अस्तित्व माथिको आक्रमण हो । यसलाई संसदबाट पारित गरिनु भनेको हाम्रो मुलुकलाई अफगानिस्तान र इराक लगायतका मुलुकले भोगेको जस्तै बाध्यतामा पु¥याउनु हो । यतिखेर पश्चिमा दलालहरुले एमसिसी पास गराउन न्वारान देखिका बल लागाइरहेका छन् भने राष्ट्रवादी नेपाली शक्तिहरुले पनि यसको खारेजी गराउन टुपि देखिको बल लगाइरहेका छन् । अहिले मुलुकभर राष्ट्रघाती शासन व्यवस्था र राष्ट्रवादी नेपालीहरु बिच भिषण वाक युद्ध भईरहेको छ, यसले अर्को युद्धको रुप अवस्य लिन्छ ।
लामो समय देखि भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्ध मुर्दाबाद नारा लगाउँदै आइरहेका सत्ताधारी नक्कली नेकपा लगायत भारतीय र अमेरिकी स्वार्थको रक्षा गर्न कम्मर कसेर लागेका छन्, नेपालको राष्ट्रिय स्वार्थ गौण बनेको छ । यो भन्दा दुर्भाग्य र बिडम्बना के नै हुन सक्ला ? सत्ता पक्ष र विपक्षी पार्टीलाई विनाशकाले विपरित बुद्धिले ढाकेको छ । नेपाली आमाको प्रताप र कोरोनाको महामारीले राष्ट्रघाती व्यक्ति, शक्ति र तत्वहरुको सर्वनाश निर्मुल हुने बेला आएको छ । समय भन्दा अगाडि भाग्य भन्दा बढी केही नपाइने भने झैं अब राष्ट्रघातीहरुलाई स्वाहा पार्ने र स्वाहा हुने उपयुक्त समय दैविक विपत्ति आएको छ । जनघाती, राष्ट्रघाती दलहरुले बिगत देखि गर्दै आएको पाप धुरिबाट कराए जस्तो देखिएको छ । पाप र अपराधले उचित दण्ड पाउने कुरामा कुनै शंका गरिरहनु पर्दैन । १२ बर्ष पछि खोला पनि फर्कन्छ भन्ने कुरा सत्य जनताको आन्दोलनले उथल पुथुल गरि पुष्टि गरेको इतिहास छ । नेपाल माताको शक्तिलाई निरीह पार्ने अराष्ट्रिय तत्वहरु सखाफ र निस्तेज भएपछि मात्र संसारकै राम्रो देश मध्येको नेपाल झन् राम्रो र सुरक्षित हुनेछ । असल राजनीति र कुशल कुटनीति कायम भई शक्तिशाली नेपाल र नेपाली बन्ने अवसर मिल्ने छ । हामीलाई यो सौभाग्यको योग समेत परेको छ । नेपालमाथि अवाञ्छित हस्तक्षेप र अनुचित दबाब दिने विदेशी शक्तिहरुलाई कोरोना संक्रमणले उठ्नै नसक्ने गरी थला पार्ने संकेत समेत देखिएको छ । नेपालका राष्ट्र र जनघातीलाई पनि कोरोनाले क्षमा होइन भष्म नै पार्ने देखिन्छ । विश्व नै जलवायु परिवर्तन र रोगको उच्च जोखिममा रहेको बेला नेपाल पनि त्यसको खतराबाट मुक्त हुने देखिँदैन । नेपालको प्राकृतिक, भौगोलिक स्थिति, राजनीति, कुटनिती, अर्थतन्त्र लगायत सबै क्षेत्रमा अकल्पनीय परिवर्तन र रुपान्तरण हुने सम्भावना बढेको छ । राष्ट्रघाती शासक र प्रशासकले ठुलै क्षति व्यहोर्नुपर्ने देखिन्छ ।
एमसिसी नेपालको हितमा छैन भन्ने कुरा दो¥याउनु पर्दैन, यसको पक्षमा वकालत गर्ने राष्ट्रिय अपराधी हुन् । मानवशास्त्री एवं अनुसन्धानकर्ता एवं अमेरिकी नगरिक ड. मेरिडेसेनले बहुचर्चित एमसिसी अमेरिकी अनुदान सहयोग (५५ अर्ब) को बिषयमा यो संशोधन सहित पारित होइन खारेजी नै गर्नुपर्ने सुझाव दिएकी छिन् । उहाँका अनुसार नेपालले एमसिसी अस्वीकार गर्नु पर्छ भन्ने उहाँको बिचारमा नेपालको हित हुने अति उत्तम सत्यता छ । दुर्गन्धित र फोहोरी राजनीति र कुटनिती गर्ने बर्तमान सत्ताधारी नक्कली एमालेहरुका लागि एमसिसी भनेको “स्यालको काल आयो भने सहर पस्छ” भन्ने उक्ति जस्तै हो । अहिलेको शासन सत्ता दलाल पूँजीवादीको हो, यो हाम्रो हावापानी विपरित छ । स्पष्ट शब्दमा भन्नुपर्दा अनुदान सहयोगको नाममा नेपालीमाथि सिधै लुटपाट गर्ने निकाय हो यो एमसिसी ।
अमेरिकी प्यासिफिक स्ट्राटेजीको अङ्ग चीन बिरोधी गतिबिधिको अस्त्रको रुपमा देखिएको छ । यसर्थ एमसिसी समर्थकहरुले आफ्नो भविष्यलाई आफै स्वाहा पार्न खोज्दैछन् । एमसिसी समर्थक अमेरिकी दलालहरुलाई देशभक्त नेपालीहरुले धुलो चटाएको दिन हाम्रो मुलुकको यथास्थितिमा कोल्टो फेर्नेछ । यतिखेर दलालहरु संगठित छन् । उनीहरुलाई ध्वस्त र भष्म पार्न आम राष्ट्रभक्त नेपालीहरु संगठित हुन जरुरी छ । राजनीतिक पार्टीका पात्रहरु अधिकांश खराब प्रवृत्तिका देखिएकाले एमसिसिका बारेमा हामीलाई भ्रम छर्दैछन् । भ्रमबाट नेपाली जनताहरु राष्ट्रलाई बचाउन नयाँ दृष्टिकोण, नयाँ बिचार, नयाँ जोखिमका साथ अगाडि बढ्नु जरुरी छ । एमसिसि राष्ट्रघाती मुद्दामा केन्द्रित भएर देशभक्तिपूर्ण आन्दोलनको आँधिबेरी सिर्जना गर्नु नै आजको आवश्यकता हो । यसर्थ, हाम्रो ठम्याई छ राष्ट्रघाती एमसिसी संसदबाट पारित नहुने देखेपछि कार्यकारिणी प्रमुखले झस्केलाबाट एमसिसी पास गर्नका लागि संघीय संसद दोस्रो पटक विघटन गर्न पुगेका छन् । यसबाट को कति राष्ट्रवादी छ भनिराख्नु पर्दैन ! त्यसैले नेपाली जनताहरुले राष्ट्रघाती र राष्ट्रद्रोहीका बारेमा बेलैमा पहिचान गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0