logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

सचेत नागरिकको परिचय स्थापित हुँदैछ भन्ने सन्देश यो अभियानमा देखिएको छ ः अधिकृत श्रेष्ठ

प्रभातफेरी अनलाइन१६४९ पटक पढिएको | २०७८ भाद्र २०, आईतबार
सचेत नागरिकको परिचय स्थापित हुँदैछ भन्ने सन्देश यो अभियानमा देखिएको छ ः अधिकृत श्रेष्ठ

काभ्रे । परिचय पत्र वितरण कार्यक्रमलाई सहज बनाउने उद्देश्यका साथ स्वयंसेवकीय भूमिकामा सरिक रुजु अधिकृत मायादेवी श्रेष्ठका अनुसार राज्यको यो अभियानमा नागरिकको उपस्थिति हेर्दा अत्यन्तै आशा लाग्दो र मननयोग्य छ ।
जसको उपस्थिति सँगसँगै नागरिकले आफ्नो दायित्वलाई अति गम्भीरताका साथ लिएको सहभागीहरुको गतिविधिले प्रष्ट्याएको दाबी गर्नुहुँदै श्रेष्ठ थप्नुहुन्छ– नागरिकमा जुन चेतना जागृत भएको पाइयो, यसले नगरको साक्षरताका बारेमा सन्तुष्टि मान्ने आधार आफूले पाएको चर्चा गर्नुहुँदै नागरिकहरुले अत्यन्तै संयमित ढंगबाट शिष्टता प्रयोग गर्दै वृद्धवृद्धाहरुले समेत चनाखो ढंगबाट आफ्ना विवरणहरु टिपाएको देख्दा आफूमा अत्यन्तै खुशी महसुस गराएको छ । जसबाट सचेत नागरिकको परिचय स्थापित हुँदैछ भन्ने सन्देश यो अभियानमा देखिएको छ भन्नुहुन्छ अधिकृत श्रेष्ठ ।


स्मरण रहोस्, नेपाल सरकारले गत फागुन २७ गते रोशी गाउँपालिकाबाट शुरु गरेको उक्त अभियानमा हालसम्म ९२ प्रतिशत नागरिकहरुले सहभागिता जनाइसकेको उद्धृत गर्दै काभ्रे जिल्लामा १२ हजार ७ सय ६९ जनाले राष्ट्रिय परिचय पत्रका लागि आफ्नो उपस्थिति जनाइसकेका छन् भने जसमा पालिकास्तरमा नमोबुद्ध नगरपालिकाले १८ हजार ६ सय ९५ जना, धुनपामा १८ हजार ३ सय ५८ जना, तेमाल गापामा ९ हजार २९ जना, चौंरीदेउराली गापामा ७ हजार ८ सय ९६ जना, भुम्लु गापामा ९ हजार ६ सय ३, महाभारत गापामा ७ हजार ६ सय ८९, बेथानचोक गापामा १० हजार ९७ र खानीखोला गापामा ४ हजार ९ सय ६८ जनाले आफ्नो उपस्थिति जनाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले बताएको छ । त्यसबाहेक बनेपा, पाँचखाल, मण्डनदेउपुर, पनौती लगायतका स्थानीय तहमा निरन्तर सो अभियान अगाडि गइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी गराउनुभएको छ ।