पनौती । नेपालको सन्दर्भका बालमैत्री नगर घोषणामा आफूलाई आठौं स्थानमा सुरक्षित राख्दै पनौती नगरपालिकाले आफ्नो कार्यप्रति सम्बन्धित सरोकारवाला पक्षको ध्यान तानेको छ । जसका कारण अध्ययन भ्रमणमा आउनेहरु दिनप्रतिदिन बढिरहेका छन् ।
सो सम्बन्धमा अध्ययन भ्रमण गर्ने उद्देश्य सहित पनौती आइपुगेको कपिलवस्तु नगरपालिकाको प्रतिनिधि मण्डललाई स्वागत एवं सम्मान गर्ने क्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बालमैत्री नगर घोषणाले बालबालिकाको क्षेत्रमा मात्र नभई समग्र नगरभित्रका विकासक्रममा समेत सकारात्मक परिणाम दिँदै भाइचाराको सम्बन्धमा अनुकरणीय टेवा पु¥याएको खुलासा गर्नुभएको छ ।
जुन किसिमको मापदण्ड पूरा गरेर यहाँसम्म आइपुगेको छौं, त्यसलाई स्थायित्व दिन कठिन छ । बालबालिकाको क्षेत्र स्वभाविक रुपमा जोखिम र चुनौतीपूर्ण हुनुको साथै कठिनपूर्ण पनि हो भन्नुहुँदै आफ्नै जीवनमा भोगेका भोगाइहरुको चर्चा गर्नुहुँदै त्यतिबेला आफैं वैवाहिक जीवनको सुरुवात गर्दा १५ वर्ष मात्र भएको तितो यथार्थ अन्तरक्रिया तथा स्वागत सम्मान कार्यक्रममा राख्नुभएको थियो । त्यसबाट पनि अबका भावी पुस्ताले ति दर्दनाक दिनहरु व्यहोर्नु नपरोस् भन्ने उद्देश्यका साथ आज यस क्षेत्रको उन्नतिका लागि नगरपालिका लागिपरेको नगर प्रमुख न्यौपानेको धारणा थियो ।
जुन किसिमको कठिन सूचांक पार गरेर पनौती नगरपालिकाले बालमैत्री नगर घोषणा गरेको छ, यसलाई जीवन्त दिन अझै धेरै संघर्ष गर्नुपर्छ । त्यसैले जो कोहिले सहज रुपमा राज्यले प्रतिपादन गरेका सूचांकहरु पालन गर्न सक्छ जस्तो लाग्दैन तर प्रयास ग¥यो भने असम्भव भने पक्कै छैन । अझ संसोधित पछिल्लो कार्यविधिलाई पछ्याएर अगाडि जाने हो भने अझै चुनौतीपूर्ण छ । पनौती नगरपालिका २०७८ द्वारा प्रतिपादित कार्यविधिमा उल्लेखित सूचांकहरुलाई समेत स्थापित गर्दै अगाडि बढ्नेमा दृढ छ । यस किसिमको कार्यविधि भित्र रहेर कार्य सम्पादन गर्ने पाठशालाको रुपमा पनौती नगरपालिकालाई सम्झिएर अध्ययन भ्रमणका लागि सहभागी कपिलवस्तु नगरपालिकाबाट उपस्थिति जनाउनुहुने अतिथिहरुप्रति स्वागत र सम्मान गर्न पाएकोमा पनौती नगरपालिका आफूलाई गौरवान्वित महसुस गर्दछ भन्नुभएको थियो ।
उक्त अध्ययन भ्रमण टोलीका सदस्य वरिष्ठ सामाजिक विकास अधिकृत एवं बालमैत्री कार्यक्रम फोकल पर्सन पदम श्रेष्ठको तर्क थियो– पनौती नगरको यो अनुकरणीय कार्यका बारेमा जानकारी लिने उद्देश्य सहित कपिलवस्तु नगरस्तरीय टोली अध्ययन भ्रमणका लागि आएको बताउनुभएको छ । हाम्रो टोलीको एउटै मात्र उद्देश्य छैन । पहिलो प्राथमिकता त बालमैत्री नगर घोषणाकै बारेमा विभिन्न पक्षसँग अन्तरक्रियामा सहभागी रहने नै हो । त्यसका साथै पनौती नगरले छोटो अवधिमा हासिल गरेको उपलब्धीका बारेमा पनि चासो राख्नेछ । छोटो अवधिमा जुन किसिमको सम्वृद्धि प्राप्त गरेको छ, त्यसका बारेमा पनि हाम्रो अध्ययन टोलीको ध्यानाकर्षण हुनेछ । यो अध्ययन भ्रमण कपिलवस्तु नगरको विकासका लागि कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास लिएका छौं । भ्रमण टोलीमा सहभागी जनप्रतिनिधिदेखि स्वयंसेविका, विद्यार्थी, स्वास्थ्यकर्मीसम्मको सहभागिताले पक्कै पनि अनुकरणीयता कायम गर्नेमा भ्रमण टोली विश्वस्त रहेको अधिकृत श्रेष्ठको दाबी थियो ।
सोही सम्बन्धमा अधिकृत श्रेष्ठको थप कथन थियो– यो अध्ययन भ्रमण बालमैत्रीको क्षेत्रमा मार्ग प्रशस्त गर्नेछ भने हाम्रा लागि प्रेरणाका आधार पनि बन्नेछ । भूगोलको आधारमा कपिलवस्तु नगर र पनौती नगर बिच तुलना गर्न सकिन्न । कार्य सम्पादनका लागि यो अध्ययन भ्रमण नमूनायोग्य हुनुको साथै दुई नगरबीच भाइचाराको सम्बन्धलाई अझै प्रगाढ कायम गर्नेछ, जसबाट आन्तरिक पर्यटनलाई बढावा दिनेछ । पनौती मन्दिरै मन्दिरको शहरले परिचित शहरलाई चिन्ने अवसरका रुपमा पनि यो भ्रमणलाई लिएका छौं अधिकृत श्रेष्ठ ।
उक्त स्वागत एवं सम्मान कार्यक्रमका संयोजक एवं सामाजिक विकास प्रमुख केशवप्रसाद बञ्जाराका अनुसार २०७८ असार ३० गते जब पनौती नगरपालिकालाई बालमैत्री नगरको रुपमा घोषणा गर्ने अवसर मिल्यो, तत्पश्चात् अध्ययन भ्रमण गर्नेहरुको लामै सूची तयार भएको छ । पछिल्लो तथ्यांक अनुसार कपिलवस्तु नगरपालिकाको तर्फबाट झण्डै सयको हाराहारीमा सहभागिता जनाउनुभएको छ भने चाँगुनारायण, कीर्तिपुर नगरपालिका सँगसँगै मकवानपुरगढी गाउँपालिकाले पनि आफू अध्ययन भ्रमणमा आउन लागेको सूचना गराएको छ । यसबाट पनि बालमैत्री नगरको महत्वलाई अझ उचाइमा पु¥याएको छ भन्ने आँकलन गर्न सकिन्छ । बालमैत्री नगर घोषणा कसरी भयो ? अधिकांश सहभागीहरुको जिज्ञासा रहेको बताउनुहुँदै प्रमुख बञ्जाराको थप कथन छ– बालमैत्री स्थानीय शासन कार्यान्वयन, कार्यविधि २०६८ मा भएका ३९ वटा सूचांक पार गरेर पनौती नगरले बालमैत्री नगर घोषणा गर्नुपुग्यो तर २०७८ मा राज्यले संशोधित कार्यविधि जारी गरेको छ, जसमा अब ५१ वटा सूचकहरु पार गर्नुपर्छ बालमैत्री पालिका घोषणाका लागि । त्यसैले अधिकांश अध्ययन भ्रमणमा आउनेहरुको जिज्ञासा रहन्छ, विधि, प्रक्रिया, सूचांक प्राप्तिका लागि के–के पनौती नगरले ग¥यो र हामीले के–के गर्नुपर्छ भन्ने नै रहन्छ ।
पनौती नगरले बालमैत्री नगर घोषणालाई दिगो रुपमा अगाडि बढाउनका लागि नगरका १२ वटै वडाहरुमा बालमैत्री सहजकर्ताहरु नियुक्ति गरेको छ । जस अन्तर्गत सिकाइ केन्द्रदेखि कागजात व्यवस्थापन लगायत अनुगमनका पक्षमा गहकिलो उपस्थिति बढाएको छ । जसले बालमैत्री स्थानीय शासनलाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास नगरले लिएको बञ्जाराले बताउनुभएको थियो ।
कार्यक्रममा अध्ययन भ्रमणका लागि कपिलवस्तु नगरपालिकाको तर्फबाट वडा अध्यक्षहरु शिवबहादुर वाग्ले, रामगोपाल यादव, पदमराज श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बालमैत्री नगर सहजकर्ता सामाजिक विकास अधिकृत शान्ता अर्याल, बालमैत्री वडा समितिका पदाधिकारीहरु, वडा सचिवहरु, वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, टोल विकास संस्थाहरुका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, किशोरी सञ्जाल, युवा सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका लगायत झण्डै १ सय जनाको सहभागिता रहेको उक्त अध्ययन टोलीले जानकारी गराउनुको साथै अध्ययन भ्रमणका क्रममा पनौती नगरका अलावा यस क्षेत्रका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नुसँगै अध्ययन गर्ने जर्मको रहेको बताएका थिए । उक्त अन्तरक्रिया र स्वागत सम्मान कार्यक्रममा बालमैत्रीसँग सरोकार राख्नुहुने पनौती नगरभित्रका सम्पूर्ण सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |