डा. अनन्त अधिकारी
सर्तहरुको फेहरिस्त सामु
अराजक प्रेमपक्षको मुद्दा हारेपछि
एउटा परिभाषाविहिन
अमुक प्रेम भूगोलमाजान मैले
कुन ऐनको धारा टेक्नु पर्ने हो ?
बेमौसम फुलाइरहन प्रेम
कुन बगैंचामा गोडिरहनु पर्ने हो ?
हृदय पग्लिएर फुटेको प्रेमको मूल
सम्हाल्न
जति गाह्रो तिमीलाई ,
हिउँ जमेर कक्रिएको चिसो मुटु पगाल्न
कैयौं गुणा साह्रो मलाई ।
त्यसैले च्यातौ पुराना सम्झौताहरु
दरपीठ गरौंआ–आफ्ना अहम्
एकपटक पुनर्लेखन गरौँ
‘हामी’ को रुपमा ‘तिमी’ र ‘म’ लाई ।
मेट्ने काम गरौं तिम्रा मनका बाझिएका वँुदाहरु,
संंशोधन गरौँ मेरा मस्तिष्कका दम्भीधाराहरु ।
आउ प्रिय,
तिम्रा कठिनाई थाँती राखेर
अलिक नजिक तिमी आउ
मेरो बाध्यता तामेलीमा राखी
त्यति नै नजिक म आउँछु
मिलेर नै भत्काइदिउँ
अखण्ड प्रेम भूगोलका
सीमारेखा ।
आउ, पुनर्लेखन गरौँ एउटा सम्बन्ध
पुनःसिर्जना गरौँ एउटा कानून प्रेमको
दफा रहित,धारा रहित
शर्त रहित ,सीमा रहित ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |