वेद कुमारी न्यौपाने
म नारी
अन्याय भोग्नु मेरो भाग्य रे
पीडामा पिल्सिनु मेरो नियति रे
दमन सहनु मेरो जात रे
शिर झुकाउनु मेरो कर्तव्य रे
हो मैले शिर झुकाइ रहें
अरुले अझ थिचि रहे
मैले सही रहें
अरुले मलाई निरीह सम्झे
म निरीह बनिरहें
किनकि,
बोल्ने मलाई अधिकार थिएन
गुनासो गर्ने अनुमति थिएन
गुम्सी रह्यो पीडा छाती भित्र
टल्पलाई रह्यो आँसु आँखा भित्र
तर कतिन्जेल
भरिए पछि पोखिन्छ
पोखिए पछि छताछुल्ल हुन्छ
हो म अचेल
छताछुल्ल भएको छु
न आँसु छ आँखामा
न पीडा छ छातीमा
म निर्धक्क शिर उठाउँछु
समाजले बिग्रिछे भन्ला भनोस्
जति खोइरो खन्ला,खनोस्
मैले तोडी दिएँ
बन्देजका ति पर्खालहरु
एकदिन आफै थाक्ने छन्
तीरले झैं घोच्ने ति आँखाहरु !
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |