Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पैसा

प्रभातफेरी अनलाइन ३१३९ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष १२, सोमबार (४ साल अघि)
पैसा

रमिला योन्जन

जब ! बुवाको कमाइमा
पालिईरहेकी थिएँ
तब ! भन्थेँ
पैसा केही होइन
पैसा भन्दा आफन्त
इष्ट मित्र ठुला हुन् ।
तर
समय एकै नास भएन !
जब बुवाको कमाइ
बन्द भयो !
तब दुःखमा
ती सबैले साथ छोडे
अनि बुझेँ
पैसाको महत्व ।
समयमा नै स्कूलको
शुल्क तिर्न नसकेर
मैले परीक्षामा
प्रवेश पत्र नपाउँदा
आमाले
ठुलाघरे साहुसँग
ऋण माग्न जाँदा
दुव्र्यवहारमा पर्दा
तब महसुस गरेँ
पैसा जरुरत रहेछ ।
किन बुवाले एउटै कोटमा
वर्षौ बिताउनु भयो ?
किन आमाले आफू बिरामी पर्दा
बिरामी लुकाइन् ?
सायद त्यो पैसाको कारण थियो ।
जब बुझ्दै गए,
पैसाको शक्ति
तब ! थाहा पाएँ
पैसा आवश्यकता रहेछ भन्ने ।
जब एउटा साँचो प्रेम
गरिबीमा हारियो
पैसा नभएकै कारण
प्रेममा विछोड गरियो ।
तब ! थाहा पाएँ पैसा
जरुरत रहेछ ।
यो स्वार्थी संसारमा
पाइला पाइलामा श्वास फेर्न
पैसा नै चाहिँदो रहेछ ।
यहाँ आफ्नै
सँगैखाने
सँगैबस्ने
जीवन समर्पण गरेकाहरुलाई पनि
खुशी बनाउन
पैसा नै चाहिनेरहेछ ।
अब भन्नुहोस्
मानवता
कतातिर गएछ ।
अझै पनि भन्छु पैसा
सब थोक होइन
तर यहाँ इज्जत पाउन
र सबथोक गर्न
पैसा नै चाँहिने रहेछ
हो ! आजभोलि
इमान्दारितामा होइन
सबै पैसामा मिलीरहेछ इज्जत
हो,
पैसामा बिकिरहेछ अस्तित्व
र मानवियता
कर्तव्य र दायित्व ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0