Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेम

प्रभातफेरी अनलाइन १६४६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २९, बिहिबार (४ साल अघि)
प्रेम

रमिला योञ्जन

वाचा थियो हाम्रो प्रेम कसैलाई पनि भन्नु हुन्न
कठोर रहेछ उनको मन कुनै कुराले छुँदै छुन्न ।

सुनेको थिएँ माया प्रेममा सबैकुरा जायज हुन्छन्
मायाको वास्तविकता प्रेमिल मनले मात्रै सुन्छन् ।

माया मात्रै गरेको हो कुनै स्वार्थ देखाईएन
स्वार्थरहित सम्बन्ध त अहिलेसम्म भेटाईएन ।

औचित्य नै थाहा छैन माया भन्ने कस्तो हुन्छ
चोखो माया मैले गरें भन्दै हिँड्दा कसले सुन्छ ?

एकतर्फी स्वार्थले मात्र गन्तव्य कहिल्यै भेटिँदैन
भुल्न खोज्छु सबै कुरा अतित भन्ने मेटिँदैन ।

विवश छु म अतित सम्झी दिनहरु काट्न
माया प्रेम भन्ने कुरा नसकिने अन्त साट्न ।

ठूलै गल्ती भएपनि भेट भएपछि माफी हुने
विगतलाई नै सम्झिएर सँधैभरी कति रुने ?

बुझ्न सकिएन मायाले नै दिनरात रुवाउँछ
अब मेरो बाँकी जीवनमा आँशु मात्रै सुहाउँछ ।

साहस नै नहुनेले प्रेमको गल्ती गरेपछि
लाठी पनि बिर्सिएछ ठूलो खोला तरेपछि ।

गफगाफमा रमाउने र धम्क्याउने रहिछ बानी
आफ्नो मात्रै खुशी खोज्दा दुःख पनि पर्ला सानी !

विश्वासघात गर्ने भए प्रेमको नाटक किन भयो
अरुभन्दा फरक भन्दै त्यो दिल अन्त किन गयो ?

देखावटी हुन्न प्रेम मुटु देखि नै आउनुपर्छ
मायाको समुन्द्रमा सँधै किन यसरी धाउनुपर्छ ?

असलपन र संस्कारले मायालाई छेक्न खोजेपछि
दबाउने नियत सहित एकलकाँटे बाटो रोजेपछि ।

घमण्ड र अहंकारले चौतर्फी रुपमा घेरेपछि
पवित्र माया बिर्सिएछ नयाँ नाता फेरेपछि ।

कहर भयो जिन्दगी सबै कसमहरु मरेपछि
ओठमा हाँसो हराएछ आँशु मात्रै झरेपछि ।
ओठमा हाँसो हराएछ आँशु मात्रै झरेपछि ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0