logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

एमसिसिका विरुद्ध विरोधका स्वरहरु थपिँदै छन्

प्रभातफेरी अनलाइन६२१ पटक पढिएको | २०७८ फागुन ३, मंगलबार
एमसिसिका विरुद्ध विरोधका स्वरहरु थपिँदै छन्

काभ्रे । सत्ता साझेदारी दल नेकपा एकीकृत समाजवादी काभ्रेले अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्ध जनवर्गीय संगठनहरुले आईतबार बनेपामा विरोध प्रर्दशन गरेकोे छ ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजबादी) काभ्रेका सचिव तथा युवा नेता दिपक गौतमले संशोधन नगरी यथास्थितिमा एमसिसी पास गर्न नदिने बताउँदै नेपालमा अहिलेसम्म गरिएका कुनै पनि सन्धी, सम्झौता नेपालको हितमा नरहेको उल्लेख गर्दै यो एमसिसी पनि संशोधन नगरी संसदबाट पास भए देशलाई ठुलो क्षति पुग्ने बताउनुभएको थियो ।
बनेपाको तिनदोबाटोदेखि चारदोबाटोसम्म विरोध ¥याली गरि चारदोबाटोमा बिरोध सभा गरिएको थियो । नेकपा (एकीकृत समाजबादी) काभ्रेका जनवर्गीय संगठनहरु युवा संघ नेपाल, अनेरास्ववियु, अनेम संघ, समाजवादी प्रेस संगठन, किसान महासंघ, नेपाल दलित मुक्ती संगठनले एमसीसीको विरोध जनाएका छन् । बिरोध प्रदर्शनमा “नो एमसिसि” “एमसिसी चाहिँदैन देश बेच्न पाईदैन” राष्ट्रघाती एमसिसीको बिरोध गरौं, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गरौं” भन्ने जस्ता विभिन्न नारा समेत लगाएका थिए । बिरोध सभामा सयौंको उपस्थिति रहेको थियो ।
उक्त कोण सभामा बिभिन्न जनवर्गीय संगठनका नेताहरुले एमसिसिका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।