प्रभातफेरी अनलाइन ३६९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
आवाज शर्मा ‘बाला’
तयारी बिनै युद्ध छेडेर हार्ने नगर्नुस्
उही घाउ हो च्यात्ने, टाल्ने, उधार्ने नगर्नुस्
हिजै घाइते भै सुतेका रहर छन् मसँँग
अझै घाउ फैलिन्छ, व्यर्थै मुसार्ने नगर्नुस्
हुनर देखिएला नि उपयुक्त बेला भएसी
छुरा हो चिने हुन्छ झिक्ने, तिखार्ने नगर्नुस्
ऊ साक्षात ईश्वर हो सम्झ्यो भने आफू भित्रै
स्वयंलाई चिन्नुस् र ढुंगो पुकार्ने नगर्नुस्
बुझेको छ आवाजले के हो औकात भन्ने
प्रशंशाले व्यर्थै उचाल्ने पछार्ने नगर्नुस
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |