माधव खतिवडा
निजगढ १२, हाल पोखरा महानगर ८
म निम्तो दिन आएको
बारा जिल्ला देखि
चुले निम्तो छ यहाँलाई
आउनुहोस,
सेन ऐतिहासिक कला हेर्न
गढिमाईमा पाईला टेक्न ।
चारकोसे झाडिबिच
काँचघाटका शितल छटाहरुमा
हलखोरिया पोखरी,
जंगल सफारि गर्न ।
आउनुहोस चुले निम्तो छ ।
यहाँलाई हाम्रो जिल्लामा
स्वागत छ
छन् प्राग ऐतिहासिक चिजबिज
असरल्ल खोज बिना
पहिलो रेलका अवशेषहरु
पहाड छिर्नेअमलेख राखिने
पहिलो सुरुङ मार्ग, चुरे
आउनुहोस सयर गरौँ
स्वागत छ यहाँलाई
झरना हेर्ने कि कृषि
कटहर,आँप हेर्ने कि लिच्चि
धान कसरी झुल्छ,
तोरि कसरी फुल्छ ।
माछा हेर्ने कि हरिण
जहाज हेर्ने कि मरिण
आउनुहोस बारामा स्वागत छ
यहाँलाई ।
सेलोमा नाच्ने कि थरुनी
भोजपुरि नाच्ने कि मारुनी ।
देशको यो
मिल्किएको मणि ।
आउनुहोस् बारामा यहाँलाई
स्वागत छ
शुद्ध, बुद्ध मनले स्वागत छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |