Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गरौं ः महावाणिज्यदूत धरेल

प्रभातफेरी अनलाइन ७२४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (३ साल अघि)
डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गरौं ः महावाणिज्यदूत धरेल

काभ्रे । माननीय महावाणिज्यदूत हरि धरेलले डेनमार्क सरकारको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्ने क्रममा बनेपा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आज डेनमार्क राजदूतावास फिर्ता गर्न जनस्तरबाटै पहल गर्नुपर्ने बताउनुभएको छ ।


कोभिड–१९ को समयमा नेपाल सरकारले डेनिस नागरिकहरुको सुरक्षाका खातिर पु¥याएको योगदानको डेनमार्क सरकारले उच्च मूल्यांकन गरेको स्मरण गराउनुहुँदै महावाणिज्यदूत धरेलको थप कथन थियो– पुरानो जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई स्थापित गर्न आ–आफ्नो स्थानबाट सहयोग पु¥याउन सबै नेपाली जनहरुलाई आग्रह समेत सो अवसरमा गर्नुभएको छ ।

समृद्ध बनेपा नगर बनाउनका लागि हातेमालो गर्न हामी तयार छौं ः नगर प्रमुख शाक्य

कार्यक्रममा अतिथिहरुलाई सम्मान गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको कथन थियो– २५ वर्ष अगाडि स्थापित सम्बन्धलाई नगरपालिका परिवार गुमाउन चाहँदैन । के गर्दा पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिन्छ, त्यसका लागि नगरपालिका जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुहुन्छ ।
आज जुन अवसर जुटेको छ, यो अवसरलाई बनेपा नगरपालिका गुमाउन चाहँदैन । त्यसैले विगतमा जुन–जुन कार्यक्रमहरु नगर र नगर बाहिर सञ्चालित थिए, ति कार्यक्रमहरुलाई निरन्तरता दिन महावाणिज्यदूतमार्फत् डेनमार्क सरकारसँग नगरको आग्रह रहेको बताउनुभएको छ । विशेष गरी डेनमार्क सरकारले विशेष क्षमता भएका बालबालिकाको क्षेत्रमा अनुकरणीय कार्य गरेको छ । त्यो गुण नेपाली नागरिकहरुले बिर्सने छैनन्, त्यसले पनि डेनमार्क दूतावास छिट्टै नेपालमा पुनः स्थापित होस् भन्ने आग्रह गर्नुहुँदै नगर बनाउनका लागि नगरवासी साथै सम्पूर्ण तह र तप्काका दिग्गज व्यक्तित्वहरुसँग सहयोगको अपेक्षा राखेको छु भन्नुहुँदै निर्वाचनमा स्वभाविक प्रक्रिया हो, एउटा अगाडि र अर्काे पछाडि हुन्छ । त्यसैले यहाँ कसैले हारेको छैन भन्नुहुँदै आफ्ना प्रतिस्पर्धी नेतृत्वहरुलाई समृद्धि बनेपा नगर बनाउनका लागि हातेमालो गर्न आग्रह समेत गर्न पछि पर्नुभएन नगर प्रमुख शाक्य ।


उक्त कार्यक्रममा समाजसेवी एवं सल्लाहकार डा. उत्तमकृष्ण कर्माचार्यको कथन थियो– आजभन्दा २५ वर्ष पुरानो डेनमार्क र बनेपा नगरको सम्बन्धलाई फेरि एकपटक जोड्ने अवसर मिलेको छ, त्यसलाई मूर्त रुप दिनका लागि जुन जिम्मेवारी बनेपा नगरले दिएको छ, त्यसलाई स्थापित गर्ने अवसरको रुपमा आजको कार्यक्रमलाई लिएको छु । डेनमार्क सरकार र बनेपा नगरबीचको २५ वर्ष पुराना सम्बन्धले नगरको विकासको लागि जुन एजेण्डाहरु पस्केको छ, त्यसको निरन्तरताको अपेक्षा फेरि पनि नगरले राखेको छ । यसलाई स्थापित गराउन महावाणिज्यदूतले सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास राख्दछु ।
तत्कालिन अवस्थामा १६ वटा एजेण्डाहरुमा सहमति भएको स्मरण गराउनुहुँदै डेनमार्क सरकारबाट काभ्रे जिल्लाका ९८ गाविसहरुमा अपांगता सम्बन्धी सर्वेक्षण भएको र ति अपांगता भएकाहरुका लागि स्वास्थ्य, शिक्षाको सवालमा महत्वपूर्ण भूमिका हुनुको साथै बनेपा नगरलाई प्रविधियुक्त नगरपालिका बनाउन प्रदान गरेको सहयोगको चर्चा समेत डा. कर्माचार्यले उक्त अवसरमा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी प्रतिनिधिहरुको तर्फबाट नेकपा एमालेका नगर अध्यक्ष रत्नकुश रंजित, नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य लगायतले डेनमार्क सरकारले पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

सोही अवसरमा नार्काेण नेपालका अभियन्ता बसन्त कुँवरले दुव्र्यसन रहित नगरका लागि नगर प्रमुख समक्ष आग्रह गर्दै समग्र नगरलाई स्वस्थ बनाउन लागि प्रस्तावना पेश गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0