Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनका हस्ती स्मरणको पानामा

प्रभातफेरी अनलाइन ९१३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनका हस्ती स्मरणको पानामा

काभ्रे । नेपाली कांग्रेस वागमती प्रदेशका महामन्त्री एवं पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठलाई पितृशोक परेको छ ।
भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनका हस्ती अग्रज योद्धा, जसले राणा शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका प्रजातान्त्रिक योद्धा, सामाजिक अभियान्ता, नेपाली जनका अभिभावकले यस धर्तीबाट गत मंगलबार रातीबाट स्मरणको पानामा सीमित हुनुभएको छ । उहाँको विश्रामले राजनीतिक रुपमा राष्ट्रले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति व्यहोर्न पुगेको छ । स्वर्गवासी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको परिवारले जानकारी गराएको छ । स्वर्गीय बादेको नेवारी परम्परा, संस्कृतिअनुसार बुधबार अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै दाहसंस्कार गरिएको हो ।
परिवारका अनुसार स्वर्गीय बादेका तीन छोरी र दुई जना छोरा मध्ये एक छोरी र श्रीमतीको यसअघि नै निधन भइसकेको छ भने कांग्रेस नेता कञ्चनचन्द्र बादे उहाँका कान्छा छोरा हुन् ।
स्व. गोपालदास बादेको जन्म वि.सं. १९८२ जेठमा बनेपा दछुटोलमा भएको थियो । नेपाली कांग्रेसमा आबद्ध उनले २००३ सालमा बीपी कोइरालाबाट सदस्यता लिएका थिए । उनी गणेशमान सिंह, सुन्दरराज चालिसे र राजदास बादेको प्रत्यक्ष निर्देशनमा निरंकुश राणा शासनको बिरूद्ध सशस्त्र आन्दोलनमा हतियारको ओसार पसारमा सक्रिय भएका थिए ।
परिवारका २ जना दाजु राजदास बादे र भाई धनदास बादेलाई राणाद्वारा फाँसीको सजाय सुनाई सर्बस्व हरण सुनाएको थियो । भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनको नेतृत्व गरी बनेपालाई राणाहरूको बिर्ताबाट मुक्ति दिलाएका थिए । साथै प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहि २०१७ सालको राजाको कु पछि केही समय प्रवास जीवन बिताइ निरंकुश पञ्चायत ब्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा सक्रिय सहभागिता जनाएका थिए ।
सत्याग्रह २०४२ र विभिन्न जन आन्दोलनहरूमा सक्रिय भई पटकपटक जेल र हिरासत जीवन बिताएका बादेले २०४६ सालको जन आन्दोलन तयारी र परिचालन समितिमा सक्रिय भूमिका निर्वाह गरि प्रजातन्त्र प्राप्तीपछि २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काभ्रे क्षेत्र नं ३ बाट सांसद पदको उम्मेदवार भएका थिए ।
यस अघि उनी वि.सं. २०१५ सालमा महाधिवेशन सदस्य, २०४८ र २०५२ महाधिवेशनमा महासमिति सदस्य र २÷३ महिना राणाशासनविरूद्ध लाग्दा प्रवासजीवनमा माहात्मा गान्धीको सामिप्यताबाट प्रभावित भई व्यवहार सुधार गुठी र चर्खा प्रचारक अभियान शुरु गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0