Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राजनीति पछिको बाँकी जीवन लायन्समै बिताउनेछु ः अध्यक्ष अधिकारी

प्रभातफेरी अनलाइन १०९४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
राजनीति पछिको बाँकी जीवन लायन्समै बिताउनेछु ः अध्यक्ष अधिकारी

काभ्रे । लायन्स क्लब अफ काठमाडौं बेथानचोक ३२५ आइ नेपालको कार्यालय संयुक्त रुपमा एक समारोहबीच शनिबार बेथानचोक गाउँपालिकामा उद्घाटन गरिएको छ ।
उद्घाटन गर्ने क्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले राजनीतिक पछिको आफ्नो बाँकी जीवन लायन्समै बिताउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त स्थापित मानवीय संस्था लायन्स क्लबले नेपालको पूर्वाधार निर्माणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्नुहुँदै अध्यक्ष अधिकारीको थप कथन थियो– लायन्स क्लबहरुको आगमनले नेपालीहरुमा नैतिकता, जिम्मेवारी, कर्तव्यबोध गराएको स्मरण गराउनुभएको छ । लायन्स क्लबको आगमनले आफ्नो पालिकाभित्र रहेका सामरिक महत्वका स्थानहरुको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुने अवसर पाउनेछ भन्ने विश्वास रहेको छ । जसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बन्ने अपेक्षा आफूले लिएको चर्चा गर्नुहुँदै समाज रुपान्तरणमा लायनहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ ।


कार्यक्रममा अर्का वक्ता डिष्ट्रिक्ट कोअर्डिनेटर लायन पवनकुमार थापाको तर्क थियो– लायन्स क्लब विश्वको त्यस्तो संस्था हो, जसले कुनै पनि प्राकृतिक विपद्का लागि जुनसुकै बेला सेवामा तयारका साथ जिम्मेवारी बहन गर्न संस्थागत रुपमा परिचित नाम हो । अझ नेपालका सम्बन्धमा भन्ने हो भने त, २०७२ को विनाशकारी भूकम्पपछि लायन्स क्लबहरुको पहिचान उच्च रहेको चर्चा गर्नुहुँदै भौतिक संरचना निर्माणमा लायन्सले पु¥याएको योगदानको प्रत्येक नेपालीले भुल्ने छैनन् । यदि विश्वमा यस्तो संस्था पारदर्शी संस्था छ भने त्यो लायन्स क्लब नै हो । जसले आफूलाई आजका दिनसम्म विवादरहित रुपमा आफ्नो छवि स्थापित गराएको तथ्य हाम्रा सामु छ । जसका कारण आज नेपालमै ४८ हजार भन्दा बढी यसका क्रियाशील सदस्यहरु रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी क्लब र सदस्य भएको डिष्ट्रिक्टको रुपमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल कायम रहेको छ । नेपालमा भएको रि–डिष्ट्रिङपछि रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये चलायमान र उत्कृष्ट डिष्ट्रिक्ट कुनै छ भने ३२५ आइ नेपाल नै छ । यो अवस्थामा समाज रुपान्तरणको अग्रदस्ताको रुपमा लायन्स क्लब अफ काठमाडौं बेथानचोकले जुन जिम्मेवारी बहन गरेको छ, त्यसको जति नै चर्चा गरेपनि अपुगै रहने कोअर्डिनेटर लायन थापाले बताउनुभएको छ ।

उक्त समारोहमा लायन्स क्लब अफ काठमाडौं बेथानचोकका प्रेसिडेन्ट लायन मदन तिमल्सिनाको कथन थियो– केही गरौं भन्ने भावनाका साथ झण्डै १ वर्ष अघिदेखिको हाम्रो सामाजिक अभियानले आज पूर्णता पाएको छ । सामाजिक रुपमा जिम्मेवारी बहन गरेको पनि १ वर्ष बित्नै लाग्दा यो अवस्थामा आफ्नो कार्यालयको बारेमा अभाव खड्किरहेकै थियो । त्यसलाई पूर्णता दिन अवसर आज आएर मिलेको छ । निकै लामो संघर्ष पश्चात् हामीले आफ्नै कार्यालय पाएका छौं । अब सामाजिक रुपमा क्लबको उपस्थितिलाई दह्रो ढंगबाट लैजानेछौं । यो बिचमा झण्डै दर्जनौं भन्दा बढी समाजसँग प्रत्यक्ष सरोकार राख्ने सामाजिक सेवामा सहभागिता जनाइसकेका छौं भने क्लबले समाजप्रति गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर लागिरहनेछौं भन्नुभएको छ ।

उक्त कार्यालय उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत जोन–२४ का जोन चियरपर्सन लायन प्रल्हाद शर्मा हुमागाईं र जोन २४ अन्तर्गतका क्लबका पिभिएसटि लगायत अन्य लायन्स लिडरहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0