Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म गोरू

प्रभातफेरी अनलाइन ८९३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)
म गोरू

भरत आचार्य
पोखरा

हजुर म गोरू
मेरो यो तेश्रो पहिचान हो
जन्मँदा म गोरू थिइनँ
प्यारो बाच्छो थिएँ
आमाले असाध्यै माया गर्थिन्
लपलपी चाट्थिन्
कहिले काहीँ
मेरो कलिलो घाँस तानेर खाए तापनि
बद्लामा मालिकको आँखा छलेर दूध ख्वाउँथिन्
आमाको कचौंडो झोल्लिन्जेल
निर्विवाद खाइ रहें
मालिक पनि निकै दयालु
पिँडा घाँस खोले
रुचिन्जेल दिन्थे
बेलाबेलामा मुसार्थे
खास गरि मेरो गर्दन जुरो फिला
मालिकलाई निकै प्यारो लागेको देख्दा
म आफैलाई भाग्यमानी ठान्थें
बदलामा मालिकलाई चाटी दिन्थें पनि
मालिक्नी मेरो नजिक पर्न डराउँथिन्
मेरा दिन सुखका साथ कटिरहेका थिए

एक दिनको कुरा हो
मालिकको घर नौला नौला
भुसतिंग्रेहरू आएका थिए
आँगनमा चिया पिउँदै
बहर त स्वादे बनाउनु भएछ
सुमर्ने ठिक्क बेला भएको छ
भनेर यस्तै यस्तै सल्लाह चल्दै थियो
उनीहरूको सम्वाद सुनेर
आमा बर्बरी आँसु झारी रहेकी थिइन्
घाँस खान छोडेर मलाई लप्लपी चाटिन्
मैले कुरो बुझी रहेको थिइनँ
म भने आमाको घाँस तान्दै खाइरहेको थिएँ
मेरो बाच्छोबाट बहरमा परिचय फेरिएको
पत्तै भएन
सायद सुखका दिन हेक्का नै नहुने भएर होला ।
अर्को दिन
त्यसै गरि मालिकको घरमा भुसतिंग्रेहरू जम्मा भए
आमाको मुख उज्यालो थिएन
आसुँ बर्बरी झारी रहेकै थिइन
मेरा गर्दन पिठ्यूँमा चाटी रहन्थिन्

मालिक आएर
मेरो किलाको दाम्लो खोलेर
अर्को बलियो दाम्लो घाँटीमा लाए
आमा बाँ ! बाँ !! गरेरे डाँकै छोडेर
रुन थालिन्
भुसतिंग्रेहरू बलियो दाम्लो डोरो
गाँठा पार्दै थिए ।
मालिकले हरियो घाँस देखाउँदै डो¥याए
भुसतिंग्रेहरू पछि पछि ।
पर गह्रामा
मलाई बाँध्ने अस्थायी ठाउँ बनाइएको रहेछ
बल्ल मलाई केही अनिष्ट हुँदै छ
भन्ने शंका लाग्यो
निकै बल गरें
तर, भुसतिंग्रेहरू म भन्दा बलिया थिए
कराएँ उफ्रें थाकें
उता आमा गोठमा बाँ ! बाँ कराई रहेकै थिइन्
म बेहोस् भएँ

जब म होसमा आएँ
मेरो पुरुषत्व गुमी सकेको थियो
मेरा सुखका दिन गुमी सकेका थिए
मेरो परिचय फेरि सकेको थियो
यसरी म गोरु बनेको हुँ
र
जोतिई रहेछु
जोतिई रहेछु
बस् !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%१%२%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0