Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वर्षा र म

प्रभातफेरी अनलाइन ५५० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (३ साल अघि)
वर्षा र म

लिली अधिकारी
पोखरा

मान्छेहरू
देख्दैनन्, बुझ्दैनन् आँसु र आँखाको सम्बन्ध
ठिकै छ
जसको निरन्तरता कहिले पो रोकिएको छ र !

जहाँ घना जंगल छ आफन्तको
उहीँ पो भीषण वर्षा हुने रहेछ !

उष्णताको उच्च पोलाइमा
डढेका सबै सम्बन्धहरूलाई
निभाउन मनको राँको
बर्सिन्छौ तिमी

कहिलेकाहीँ पखालिदिन्छौ
धुलाम्मे हिउँदको बाटो जस्तो मन
कहिले बगाइदिन्छौ मेरो विश्वासको बस्ती
पहाडको पहिरो बनेर
कहिले उजाडिएको मनलाई
सिँचाइ गर्छौ वर्षा बनेर
बर्सिरहनु,
तिम्रो छोटो शीतलता मेरो सहारा हो

म तिमीलाई असाध्यै प्रेम गर्छु
जसरी भोकलाई
गरिबले प्रेम गर्छ
मेरो जिन्दगीमा आइरहनु
मेरा नयनबाट बर्सिरहनु
एकैछिनको चौतारीको विश्राम जस्तो भए पनि
म तिमीलाई स्वागत गरिरहन्छु
तिम्रै आडमा जरा फैलाएर
हाँस्न चाहन्छु
तातो हाँडीबाट फूल उठेको मकै झैँ
मेरो अनन्य मित्र वर्षा !
बनाइदिएर कपास जस्तो मन
मलाई पनि माथि माथि उडाइदिनु बादल झैँ
अनि
तिमी र म मिलेर
नयाँ सिर्जना गरौंला
मिलेरै लेखौँला लेखिन बाँकी रहेका
र लेखिन नसकेका वर्षाहरूको कथा

जसलाई जो कसैले
चाहेर नचाहेर पढ्नु परोस्
आगामी दिनमा
बुझून् सबैले
आकाशबाट झर्ने र आँखाबाट झर्ने वर्षामा
के फरक छ कति फरक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0