logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

म्युजिक फेस्टिभल हुँदै

प्रभातफेरी अनलाइन४६० पटक पढिएको | २०७९ भाद्र १४, मंगलबार
म्युजिक फेस्टिभल हुँदै

काभ्रे । मञ्जुश्री फाउण्डेशनको आयोजना र फर्मस कर्पोरेशनको सहयोगमा “बनेपा म्युजिक फेस्टिभल” हुने भएको छ ।
आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरू “द एड्ज ब्याण्ड”, “द अल्केमिस्ट”, “ए.एस.एम.” र “फन्क फु” लगाएतका म्युजिकल ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकेट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सक्नेछ । फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजकले बताए ।