Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक अभियान्ता बादेको जिम्मेवारीमा चण्डेश्वरी साकोस

प्रभातफेरी अनलाइन ४८६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
सामाजिक अभियान्ता बादेको जिम्मेवारीमा चण्डेश्वरी साकोस

काभ्रे । सहकारीको क्षेत्रमा राष्ट्रियस्तरमै पहिचान दिन सफल चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को जिम्मेवारी सामाजिक अभियान्ता नविनभक्त बादेको काँधमा आएको छ ।
“चण्डेश्वरी हजुरको हातमाः हजुरको समृद्धि चण्डेश्वरीको साथमा” भन्ने नाराका साथ समुदायमा आधारीत सहकारी संस्था चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ३० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
कोषाध्यक्ष नविनभक्त वादेले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव रामप्रसाद श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । ८ हजार १ सय ३३ शेयर सदस्यबाट ११ करोड ४५ लाख ७७ हजार ६ सय शेयर पूँजी संकलन, ८५ करोड ५५ लाख ३४ हजार ९ सय २६ वचत निक्षेप संकलन, १ करोड ८७ लाख ७९ हजार ७ सय चालू दायित्व रहेको छ । कुल पूँजी तथा दायित्व १ अर्व १६ करोड ३७ लाख ९३ हजार ६ सय ४० रहेको छ । १२ करोड ४६ लाख ६ हजार ६ सय २२ व्याज आम्दानी गर्न सफल भएको छ ।
सोमबार सम्पन्न ३०औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष रमेश काजी श्रेष्ठ, सचिव बुद्धरत्न मानन्धर, कोषाध्यक्ष हेमन्तराज प्रधान, सहसचिव रोशना राजवंशी, सदस्यहरु वद्रीनाथ वादे, पूर्ण पोटे, जितेन्द्र भक्तपोटे, रुकमणी राजभण्डारी रहनु भएको छ । रामप्रसाद श्रेष्ठको संयोजकत्वमा सदस्यह सुरेन्द्र प्रजापति र विनय कृष्ण कायस्थ रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहालका अनुसार सहकारीले सदस्यहरुको आर्थिक उन्नत, उद्यमशीलताको विकास गर्दै अघि बढेको बताउनुभएको छ । संस्थाले प्राकृतिक मृत्युराहत, घातक रोग उपचार, सवारी दुर्घटना उपचार खर्च, आगलागीबाट भएको क्षति वापत भएको राहत, महिला सदस्य प्रसुती पौष्टिक आहार दुर्घटना मृत्यु राहत र महिला सदस्यको तल्लो पेटको अपरेशनको लागि समेत सदस्य राहतका कार्यक्रम सञ्चालन गरी सदस्यहरुको लोकप्रिय संस्था बनेको छ । संस्थाले एक्सीस ब्रोञ्ज समेत प्राप्त गरेको छ ।
संस्थाका अध्यक्ष विकास वादेको सभापतित्वमा तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशिष्ट अतिथि बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य हुनु हुन्थ्यो । जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष सागरनाथ कपाली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना कानुनी सल्लाहकारद्वय इन्द्रनारायण भैल, बालभक्त प्रधान लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बनेपा सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0